स्याफ्रुबेसी–टिमुरे सडक: पैदल यात्रासमेत सकस (तस्वीरहरू)

बाढी र पहिरोले रसुवाको स्याफ्रुबेसी–टिमुरे सडक पूर्णरूपमा अवरुद्ध छ। यो सडकमा पैदल यात्रा गर्न पनि मुस्किल भएको छ।

तस्वीर: प्रकाशचन्द्र तिमिल्सेना/नेपाल फोटो लाइब्रेरी

रसुवा– नेपाल–चीन सीमामा पर्ने लेन्डेखोला (भोटेकोशी)मा मंगलबार बिहान आएको बाढीले गर्दा रसुवाको स्याफ्रुबेसी–टिमुरे सडक पूर्णरूपमा अवरुद्ध छ। बाढीका कारण ठाउँ–ठाउँमा गएको पहिरोले गर्दा सवारीसाधन सञ्चालन गर्न त परै जाओस्, पैदल यात्रा गर्न पनि मुस्किल भएको छ।

गोसाईंकुण्ड गाउँपालिका–३ लिङलिङमा सडक बाढीले बगाएपछि त्यस क्षेत्रमा जोखिम मोलेर हिँड्नुपर्ने अवस्था सिर्जना भएको छ। सडक खुलाउन नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले ठाउँ ठाउँमा बाटो बनाउने काम गरिरहेका छन्। यद्यपि, सवारीसाधनका लागि सडक कहिले खुल्छ भन्ने अझै टुंगो लागेको छैन।

नेपाल र चीन जोड्ने यो प्रमुख सडक अवरुद्ध हुँदा काठमाडौँ उपत्यका प्रवेश गर्ने सयौँ मालवाहक सवारीसाधन टिमुरेमै रोकिएका छन्। हेर्नुहोस् तस्वीरहरू