त्रिशूली नदी किनारमा भेटियो पुरुषको शव

इच्छाकामना गाउँपालिका–६ कालीखोलास्थित त्रिशूली नदी किनारमा बिहीबार एक पुरुषको शव फेला परेको छ।

प्रतीकात्मक तस्वीर

भरतपुर– चितवनको इच्छाकामना गाउँपालिका–६ कालीखोलास्थित त्रिशूली नदी किनारमा बिहीबार एक पुरुषको शव फेला परेको छ।

शरीरका केही अंग नभएको अवस्थामा अन्दाजी ४५/५० वर्षको देखिने शव फेला परेको हो। शवको सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालयका प्रमुख गोविन्द पुरीले जानकारी दिए।

शव गत मंगलबार रसुवामा आएको बाढीले बेपत्ता पारेको व्यक्तिको हुन सक्ने प्रहरीले अनुमान गरेको छ। शव परीक्षणका लागि भरतपुर अस्पताल ल्याइएको प्रहरीले जनाएको छ।