अमेरिकाको क्यालिफोर्नियामा घरपालुवा कछुवालाई घाइते बनाएको आरोपमा एकजनाले १० वर्षसम्म घरपालुवा जनावर पाल्न नपाउने भएका छन्।
अमेरिकाको क्यालिफोर्नियामा कछुवालाई घाइते बनाएका व्यक्तिलाई १० वर्षसम्म घरपालुवा जनावर पाल्न रोक लगाइएको छ। ४२ वर्षीय जर्ज रोबल्सले माइकल एन्जेलो नामक ७० वर्षको घरपालुवा कछुवालाई काठको लौरोले गोपेर घाइते बनाएको आरोपमा उनलाई यस्तो सजाय सुनाइएको हो। उनले कछुवालाई ६ इन्च लामो काठले गोपेर घाइते बनाएका थिए।
उनीमाथि पशु दुर्व्यवहार, चोरी र बर्बरताको आरोप लागेको थियो। उनका वकिलले भने उनले पशु दुर्व्यवहार र बर्बरता गरेकाे नभई अत्यधिक रक्सी पिएका कारण कछुवालाई आक्रमण गरेको तर्क गरेका थिए।
आरोप लागेका सबै विषयमा दोषी नदेखिएपछि उनी जेल सजायबाट भने बचे। तर, उनलाई दुई वर्षसम्म प्रहरीको निगरानीमा राखिएको छ भने अनिवार्यरूपमा मानसिक स्वास्थ्य उपचार गर्न भनिएको छ। यस्तै, उनले १० वर्षसम्म घरपालुवा जनावर पाल्नसमेत नपाउने भएका छन्। अहिले घाइते कछुवाको अवस्था सामान्य रहेको बताइएको छ।
-एजेन्सीको सहयोगमा
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
