बेलायती प्रधानमन्त्री केइर स्टार्मर र फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले युक्रेनमा युद्धविराम र शान्ति सेनाको तयारीका लागि रुसमाथि थप दबाब बढाउने नयाँ योजना सार्वजनिक गरेका छन्।
बेलायती प्रधानमन्त्री केइर स्टार्मर र फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले युक्रेनमा युद्धविरामका लागि रुसमाथि थप दबाब सिर्जना गर्न आह्वान गर्दै नयाँ योजना सार्वजनिक गरेका छन्। उनीहरूले युद्धविरामपछिको शान्ति सेनाको योजनासमेत तयारी अवस्थामा रहेको बताएका छन्।
बेलायतबाट तथाकथित ‘इच्छुक गठबन्धन’को भिडियो कन्फरेन्स बैठकको सह-अध्यक्षता गर्दै स्टार्मरले भने, “हामीले शान्तिको तयारीका लागि आफ्नो कामलाई परिवर्तन गर्नुपर्छ, पुटिनलाई वार्ताको टेबलमा बस्न दबाब दिएर यो सम्भव बनाउनुपर्छ। यो समन्वित दबाबले फरक पार्नेछ।”
म्याक्रोँले मित्र राष्ट्रहरूलाई ‘रुसमाथि दबाब बढाउन’ आह्वान गर्दै भने, “रुसमाथि दबाब बढाउनका लागि हामीलाई स्पष्ट रूपमा केही नयाँ उपाय आवश्यक भएको छ।” उनले रुसी अर्थतन्त्रमाथिको दबाबलाई परिमार्जन गर्न सक्ने नयाँ उपायको खाँचो रहेको पनि बताए।
यी दुई नेताले नेटोको कमाण्ड सेन्टरका रूपमा प्रयोग हुँदै आएको उत्तर पश्चिम लण्डनको नर्थवुडस्थित बेलायती सैन्य अखडाबाट उक्त धारणा सार्वजनिक गरेका हुन्।
यस बैठकमा इटालीका प्रधानमन्त्री जियोर्जिया मेलोनी, युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की, अमेरिकी सिनेटर लिण्डसे ग्राहम र रिचार्ड ब्लुमेन्थलले रोमबाट सहभागिता जनाएका थिए।
आफ्नो टिप्पणीमा जेलेन्स्कीले मस्कोमाथि नयाँ प्रतिबन्ध आवश्यक रहेको बताउँदै भने, “यो सबै साझेदारहरूलाई स्पष्ट छ कि रुसले सबै शान्ति प्रयास अवरोध गरिरहेको छ।”
योजनाबद्ध शान्ति सेनाबारे छलफल गर्दै म्याक्रोँले भने, “हामीसँग युद्धविरामको केही घण्टापछि नै जान र सुरु गर्ने गरी एउटा योजना तयारी अवस्थामा छ।” स्टार्मरले पनि यी योजनाहरू परिपक्व रहेको र दीर्घकालीन स्तरमा राखिएको बताएका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
