रसुवागढीको ल्हेन्दे खोलामा आएको बाढीबाट प्रभावित ४८५ जनालाई सुरक्षित रूपमा गन्तव्यमा पठाइएको छ भने काठमाडौँ उपत्यकामा पनि सशस्त्र प्रहरीलाई उद्धारका लागि तयारी अवस्थामा राखिएको छ।
काठमाडौँ– नेपाल–चीन सीमा नाका रसुवागढी क्षेत्रमा ल्हेन्दे खोलाको बाढीबाट प्रभावित बनेका ४८५ जना नागरिकलाई सशस्त्र प्रहरी बल नेपालसहितका सुरक्षाकर्मीको सहयोगमा सुरक्षित रूपमा गन्तव्यतर्फ पठाइएको छ। अस्थायी पदमार्ग निर्माण गरी उनीहरूलाई गन्तव्यतर्फ पठाइएको हो।
ल्हेन्दे खोलामा आएको बाढीको कटान तथा पहिरोका कारण रसुवागढी–स्याफ्रुबेँसी सडकखण्ड पूर्ण रूपमा अवरुद्ध छ। सशस्त्र प्रहरीका सह-प्रवक्ता शैलेन्द्र थापाका अनुसार, प्रभावित क्षेत्रमा खटिएका सुरक्षाकर्मीले रसुवाको टिमुरेस्थित भन्सार कार्यालयको यार्डमा फसेका दुई कन्टेनर र एउटा विद्युतीय गाडीलाई सुरक्षित स्थानमा सारेका छन्।
मंगलबार बिहान ल्हेन्दे खोलामा एक्कासि आएको बाढीले ठूलो जनधनको क्षति पुर्याएको छ। बाढीमा परी तीन सुरक्षाकर्मीसहित १४ नेपाली र ६ चिनियाँ नागरिक गरी कुल २० जना हराइरहेका छन्। हालसम्म चार जनाको शव र पाँच वटा मानव अंग मात्र फेला परेको सशस्त्र प्रहरीले जनाएको छ। फेला परेकामध्ये एक वटा शवको मात्र पहिचान हुन सकेको छ भने अन्य शव र मानव अंग त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा राखिएको छ।
बाढीले नेपाल–चीन जोड्ने मितेरी पुलसमेत बगाएको छ, जसका कारण रसुवागढी नाका पूर्ण रूपमा अवरुद्ध भएको छ। उक्त क्षेत्रमा विद्युत् सेवा पूर्ण रूपमा ठप्प छ भने सञ्चारका साधनले समेत काम गर्न छाडेका छन्।
उपत्यकामा २४सै घण्टा तैनाथी
यसैबीच, काठमाडौँ उपत्यकामा हुनसक्ने डुबानलगायतका विपद्को सामना गर्न सशस्त्र प्रहरीलाई २४सै घण्टा तैनाथी अवस्थामा राखिएको छ। सह-प्रवक्ता थापाले काठमाडौँ, भक्तपुर र ललितपुरमा रहेका सशस्त्रका प्रत्येक गण, गुल्म र सुरक्षाबेसमा करिब चार सय बढी फौजलाई उद्धार सामग्रीसहित तयारी अवस्थामा राखिएको जानकारी दिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
