अगस्टदेखि क्यानडालाई ३५ प्रतिशत कर लगाउने ट्रम्पको चेतावनी

क्यानडा र अमेरिका जुलाई २१ सम्म सम्झौता गर्ने लक्ष्यसहित वार्ता गरिरहेका छन्, तर पछिल्लो धम्कीले त्यो समयसीमा प्रभावित हुने भएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अगस्ट १ देखि अमेरिकामा क्यानडाको निर्यातमा ३५ प्रतिशत भन्सार शुल्क लगाने बताएका छन्। 

बिहीबार क्यानडाका प्रधानमन्त्री मार्क कार्नीलाई पत्र पठाउँदै ट्रम्पले व्यापारिक युद्धको धम्की जारी राखेका हुन्। क्यानडा र अमेरिका जुलाई २१ सम्म सम्झौता गर्ने लक्ष्यसहित वार्ता गरिरहेका छन्, तर पछिल्लो धम्कीले त्यो समयसीमा प्रभावित हुने भएको छ।

ट्रम्पले आफ्नो पहिलो कार्यकालमा पुनः वार्ताका लागि दबाब दिएपछि अमेरिका–मेक्सिको–क्यानडा सम्झौताले सन् २०२० जुलाईमा अघिल्लो नाफ्टा सम्झौता प्रतिस्थापन गरेको थियो। अर्को वर्ष जुलाईसम्म यसको समीक्षा हुने तय थियो। 

ट्रम्पले जनवरीमा पदभार सम्हालेपछि व्यापार युद्ध शुरू गरेर प्रक्रियालाई अव्यवस्थित बनाएका छन्। ट्रम्पले दुवै छिमेकीलाई अवैध आप्रवासन र सीमापार अवैध लागुऔषध प्रवाहमा पर्याप्त काम नगरेको आरोप लगाएका छन्। (रासस/एएफपी)