चन्द्रागिरिमा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु, २ घाइते

चन्दागिरि नगरपालिका–१५ तीनथानास्थित सडकमा शुक्रबार मोटरसाइकल र स्कुटर ठोक्किएर दुर्घटना भएको हो। 

काठमाडौँ– काठमाडौँको चन्द्रागिरिमा मोटरसाइकल अनियन्त्रित भएर स्कुटरमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ। 

चन्दागिरि नगरपालिका–१५ तीनथानास्थित सडकमा शुक्रबार बा ८५प ४८२२ नंको मोटरसाइकल बाप्र ०२–०४२ प ९८२२ नंको स्कुटरमा ठोक्किएर दुर्घटना भएको हो। 

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक अपिलराज बोहराका अनुसार मृत्यु हुनेमा सोही नगरपालिका–४ थानकोटका ३४ वर्षीय रोशन ढकाल रहेका छन्। 

दुर्घटनामा घाइते दुई जनाको शहीद मेमोरियल अस्पताल कलंकीमा उपचार भइरहेको छ।