संघीयता नै नचाहिने राष्ट्रिय स्वतन्त्र पार्टी, राजा आऊ भन्ने राप्रपा लगायतका राजनीतिक दल रहेको वर्तमान गठबन्धन सरकार टिक्न गाह्रो हुने मीन विश्वकर्माको टिप्पणी छ।
काठमाडौँ– प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री मीनबहादुर विश्वकर्माले पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई विश्वासको मत लिन नै कठिन हुने दाबी गरेका छन्।
कांग्रेसजस्तो लचिलो पार्टीलाई मिलाएर जान नसक्ने प्रधानमन्त्री दाहालले सात वटा राजनीतिक पार्टीलाई मिलाएर विश्वासको मत लिन कठिन हुने उनको तर्क थियो।
मंगलबार काठमाडौँमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै नेता विश्वकर्माले ३० दिनभित्र विश्वास मत लियो भने दाहाल नेतृत्वको सरकार २ वर्षसम्म चल्ने अनुमानसमेत गरे।
संघीयता नै नचाहिने राष्ट्रिय स्वतन्त्र पार्टी, राजा आऊ भन्ने राप्रपा लगायतका राजनीतिक दल रहेको वर्तमान गठबन्धन सरकार टिक्न गाह्रो हुने उनको टिप्पणी छ।
"प्रचण्डजीले आफूलाई केन्द्रमा राखेर कांग्रेस जस्तो लचिलो पार्टी त मिलाउन सक्नुभएन भने यी सबै दलहरू कसरी मिलाउनुहोला? र, मिलेनन् भने हामीले चाहेको राजनीतिक स्थायित्व आउँछ कि आउँदैन? राजनीतिक स्थायित्व आउनलाई निकै कठिन छ", उनले भने।
कार्यक्रममा बोल्दै सत्तारुढ नेकपा (एमाले)का सांसद सूर्य थापाले संवैधानिक, कानुनी र राजनीतिक सबै हिसाबले सत्तारुढ गठबन्धनको सरकार बनेको र यो सहज ढंगले अघि बढ्ने बताए। "राष्ट्रपतिको आह्वान भएबमोजिम देशले सरकार पाएको छ। यो संवैधानिक, कानुनी र राजनीतिक प्रक्रियाबाट गठबन्धन भएको छ", उनले भने। उनले पार्टीले आवश्यक ठाने आफू पनि सरकारमा जान योग्य रहेको समेत बताए।
अर्का सत्तारुढ माओवादी केन्द्रका नेता दीनानाथ शर्माले आफूहरूले मिलेर सरकार चलाउने बताए। उनले विगतमा फुट आए पनि अब मिलेर अघि बढ्ने गरी जनादेश आएकाले सोहीअनुसार आफूहरू अघि बढ्नुपर्ने अवस्था रहेको बताए।
नेता शर्माले नेपालमा राजनीतिक दलहरू फुटको चरणबाट अघि बढेको उल्लेख गर्दै अब एकताबद्ध भएर अघि बढ्नुको विकल्प नरहेको बताए। "हामी फुट्यौँ, झगडा पनि गर्यौँ। अब मिलेर जान्छौँ। मिल्छौँ। विगतको आत्मसमीक्षा गरेर अघि बढ्छौँ", नेता शर्माले भने।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
