ताइवानकी राष्ट्रपति साईले बेइजिङबाट हुनसक्ने सम्भावित आक्रमणलाई मध्यनजर गर्दै ताइवानको सुरक्षा प्रणाली बलियो पार्न सैन्य सेवाको अवधि लम्बाउने निर्णय गरेको बताइन्।
ताइवानले अनिवार्य सैन्य सेवाको अवधि बढाएर एक वर्ष पुर्याएको छ। यसअघि चार महिना मात्रै सैन्य सेवा गरे पुग्नेमा हाल समयावधि बढाएर एक वर्ष पुर्याइएको ताइवानकी राष्ट्रपति साई इन–वेनले बताइन्। चीनसँगको तनाव बढेसँगै ताइवानले यस्तो निर्णय आएको हो।
मंगलबार पत्रकार सम्मेलनमा ताइवानकी राष्ट्रपति साईले बेइजिङबाट हुनसक्ने सम्भावित आक्रमणलाई मध्यनजर गर्दै ताइवानको सुरक्षा प्रणाली बलियो पार्न सैन्य सेवाको अवधि लम्बाउने निर्णय गरेको बताइन्।
“शान्ति आकाशबाट खस्ने छैन... ताइवान एक निरंकुश विस्तारवादसामु अग्रपंक्तिमा उभिएको छ”, राष्ट्रपति साईले भनिन्, "यो अत्यन्तै कठिन निर्णय हो, तर राष्ट्रपति र सैन्य बलको प्रमुखका रूपमा मैले आफ्नो मुलुकको राष्ट्रिय स्वार्थ र प्रजातान्त्रिक जीवनको रक्षा गर्नु अविचलित कर्तव्य हो।”
उनले अगाडि भनिन्, "कसैले पनि युद्ध चाहँदैन। ताइवान र ताइवानी पनि यस्तै हुन्, अन्तर्राष्ट्रिय समुदाय पनि उस्तै हो। गत अगस्टमा चीनले शुरु गरेको युद्धको खेलले चिनियाँ सेनाको आक्रोश थप बढाएको देखिन्छ।”
सन् १९९० ताका ताइवानमा १८ वर्ष उमेर पुगेका सबै पुरुषले ३ वर्षसम्म अनिवार्य रूपमा सेनामा सेवा गर्नुपर्थ्यो। त्यसपछि केही दशकमा यो अवधि घटाएर एक वर्ष १० महिना बनाइएको थियो। र, पछिल्ला वर्षमा चार महिना मात्रै सेवा गरे पुग्ने नियम बनाइएको थियो।
तर, अहिले चिनियाँ आक्रमणको जोखिम बढेको भन्दै ताइवानले सेनामा सेवा अवधि लम्बाइएको हो। अब १ वर्षसम्म अनिवार्य सेवा गर्नुपर्ने छ। नयाँ नियम सन् २०२४ को जनवरीबाट लागू हुनेछ। त्यतिबेला ताइवानमा नयाँ राष्ट्रपति पनि निर्वाचित हुने छन्।
गत अगस्टमा अमेरिकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणपछि ताइपेइ र बेइजिङबीच तनाव चुलिएको छ। त्यसयता चीनले अहिलेसम्मकै ठूलो सैन्य अभ्यास गरिरहेको छ। यसलाई ताइपेइले ‘अत्यन्तै उत्तेजक’ सैन्य अभ्यास भन्दै आएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
