टिमुरे भन्सारमा गाडीको बिजोग [तस्वीरहरू]

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) ले रसुवामा आएको बाढीले अटोमोबाइल आयात प्रणालीमा गहिरो असर परेको जनाएको छ।

तस्वीर: प्रकाशचन्द्र तिमिल्सेना/नेपाल फोटो लाइब्रेरी

काठमाडौँ– रसुवास्थित नेपाल-चीन सीमानामा रहेको ल्हेन्दे खोलामा असार २४ गते आएको बाढीमा थुप्रै सवारीसाधन बगेका छन्। बाढीले बगाएकामा व्यवसायीले चीनबाट ल्याएका नयाँ विद्युतीय गाडी बढी छन्।

भन्सार जाँचपास गर्न बाँकी गाडी भन्सार यार्डमा राखिएका थिए। एक्कासि ठूलो बाढी आउँदा ती गाडी बगेका हुन्। नबगेका गाडी पनि हिलोमा डुबेका छन्। बाढीले कन्टेनरहरू पनि बगाएको छ। 

बाढीमा हराएकामध्ये ८ वटा गाडी भेटिएको छ। नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) ले रसुवामा आएको बाढीले अटोमोबाइल आयात प्रणालीमा गहिरो असर परेको जनाएको छ।

नाडाका अध्यक्ष करण चौधरीले विज्ञप्ति जारी गर्दै जनधनको ठूलो क्षति भएको भन्दै दुःख व्यक्त गरेका छन्।