नेपालको एक मात्र रात्रिकालीन दौड ‘नेपालगन्ज नाइट रन’ एसोसिएसन अफ इन्टरनेशनल म्याराथन एन्ड डिस्टेन्स रेसमा औपचारिक रूपमा आबद्ध भएको छ।
नेपालगन्ज– नेपालमा रातमा आयोजना हुने एक मात्र १० किलोमिटर दूरीको ‘नेपालगन्ज नाइट रन’ अब एसोसिएसन अफ इन्टरनेसनल म्याराथन एन्ड डिस्टेन्स रेस (एम्स)मा औपचारिक रूपमा आबद्ध भएको छ। यससँगै, यो दौड अन्तर्राष्ट्रिय मान्यता प्राप्त गर्ने नेपालको चौथो दौड बनेको छ।
संविधान दिवसका अवसर पारेर हरेक वर्ष असोज ३ गते राति सुर्खेत रोडमा आयोजना हुने यो प्रतियोगिता गत वर्षदेखि शुरू गरिएको हो। यो आबद्धताले नेपालगन्जलाई नेपालकै पहिलो शहर बनाएको छ जहाँ एम्सद्वारा मान्यता प्राप्त दुई दौडहरू—धारा नेपालगन्ज म्याराथन र नेपालगन्ज नाइट रन—आयोजना हुनेछन्। नेपालगन्ज म्याराथनको रुटलाई नेपालमै सबैभन्दा सरल मानिन्छ।
एम्स सदस्यता प्राप्त भएपछि यी दौडहरू एम्सको ग्लोबल क्यालेन्डरमा सूचीकृत हुनेछन्, जसले नेपालगन्ज शहरको अन्तर्राष्ट्रिय पहिचानमा योगदान पुर्याउनेछ। नेपालगन्ज म्याराथनका संस्थापक तथा एम्सका नेपाल प्रतिनिधि टीएस ठकुरी भन्छन्, “यसले सहरको ब्रान्डिङमा सहयोग गर्छ र विदेशी सहभागीलाई अपडेट गराउँछ।”
नेपालगन्ज म्याराथनअन्तर्गत ‘काठमाडौँ २५ के हेरिटेज रन’, ‘कर्णाली हाफ म्याराथन’ र ‘गौघाट ग्रिन रन’जस्ता दौड पनि वार्षिक रूपमा सञ्चालन हुँदै आएका छन्। ठकुरीले यी दौडलाई पनि क्रमशः एम्स मान्यता दिलाउने तयारी भइरहेको बताए।
गत महिना काठमाडौँमा आयोजित ‘काठमाडौँ २५ के हेरिटेज रेस’ र ‘नेपाल इन्टरनेसनल रनिङ कन्फरेन्स’को अवसरमा एम्सको बोर्ड बैठकसमेत सम्पन्न भएको थियो। सोही भ्रमणका क्रममा एम्सका अध्यक्ष तथा स्पेनका नागरिक पाको बोराओले नेपालगन्ज म्याराथनको रुटको पनि अवलोकन गरेका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
