मितेरी पुल बगाउँदा कैलाश मानसरोवर जाने तीर्थयात्री समस्यामा परेको भन्दै टानले चीन सरकारसँग कूटनीतिक पहल गरी अन्य नाकाबाट यात्रा सहज बनाउन माग गरेको छ।
काठमाडौँ– रसुवास्थित ल्हेन्दे खोलामा आएको बाढीले नेपाल–चीन जोड्ने मितेरी पुल बगाएपछि कैलाश मानसरोवर जाने तीर्थयात्री तथा पर्यटक समस्यामा परेका छन्। पर्वतीय पर्यटक व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान)ले यस विषयमा सरकारको ध्यानाकर्षण गराएको छ।
टानका महासचिव सोनाम ग्याल्जेन शेर्पाले एक विज्ञप्ति जारी गर्दै मंगलबार आएको बाढीले पुल बगाएपछि रसुवागढी हुँदै तिब्बतको कैलाश मानसरोवर यात्रामा जाने नेपाली तथा विदेशी यात्रुहरू प्रवेश गर्नबाट वञ्चित भएको बताए।
टानले नेपाल सरकारलाई तत्काल चीन सरकारसँग कूटनीतिक पहल गरी तातोपानी, कोराला, हिल्सालगायतका अन्य नाकाबाट मानसरोवर जाने वातावरण मिलाउन आग्रह गरेको छ।
टानका अध्यक्ष सागर पाण्डेले कैलाश मानसरोवर यात्रा गर्ने सिजनको मुखमै रहेको अवस्थामा चीनको स्वशासित क्षेत्र तिब्बत प्रवेश गर्ने तीर्थयात्री तथा पर्यटकलाई सहज रूपमा भिसा उपलब्ध गराउनसमेत माग गरे।
उनले नेपालस्थित चिनियाँ राजदूतावाससँग कूटनीतिक पहल गरी भिसा प्रक्रियालाई छिटो, छरितो र यात्रुमैत्री बनाउन तथा काठमाडौँमा कुरेर बसेका तीर्थयात्रीलाई छिटोभन्दा छिटो कैलाश यात्रा गर्न पाउने वातावरण बनाउनका लागि परराष्ट्र मन्त्रालयलाई अनुरोध गरेका छन्।
टानले बाढीबाट मृत्यु भएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै हराएकाहरूको चाँडो खोजी गर्नसमेत सरकारको ध्यानाकर्षण गराएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
