मधेश प्रदेशसभाको बैठक बजेट छानबिन कार्यदलमा मन्त्रीको नाम राखिएको भन्दै प्रतिपक्षी दलको विरोधका कारण अवरुद्ध भएको छ।
जनकपुर– मधेश प्रदेशसभाको शनिबारको बैठक प्रतिपक्षी दलको विरोधका कारण अवरुद्ध भएको छ। आगामी आर्थिक वर्षको बजेटमा देखिएको त्रुटि सच्याउन गठित कार्यदलमा भौतिक पूर्वाधार विकासमन्त्री सरोजकुमार यादवको नाम राखिएको भन्दै प्रतिपक्षी दलले आपत्ति जनाएका हुन्।
नेकपा (माओवादी केन्द्र) का नेता युवराज भट्टराईले मुख्यमन्त्री सतीशकुमार सिंहले प्रतिबद्धता दिएअनुसार कार्यदल गठन नभएको भन्दै विरोध गरे। प्रतिपक्षी दलहरूले कार्यदलबाट मन्त्रीको नाम नहटाएसम्म सदनको अवरोध जारी राख्ने अडान लिएका छन्।
सभामुख रामचन्द्र मण्डलले कार्यदलमा मन्त्रीको नाम समावेश हुनु र सरकारलाई अल्पमतमा राखेर कार्यदल गठन हुनु दुवै नयाँ अभ्यास भएको बताए। उनले आर्थिक विधेयक अगाडि बढाउन र विनियोजन विधेयकमा असहमति भए विरोध जनाउन आग्रह गर्दै अर्थमन्त्री सुनिलकुमार यादवलाई जवाफ दिन समय दिएका थिए। तर, प्रतिपक्षी दलले रोष्ट्रम घेराउ गरेपछि सभामुखले बैठक १० मिनेटका लागि स्थगित भएको घोषणा गरे।
गठित कार्यदलका सदस्यहरूमा जनता समाजवादी पार्टी नेपालका प्रमुख सचेतक रामअशिष यादव, माओवादी केन्द्रका सांसद जवाहरलाल कुशवाहा, नेकपा (एकीकृत समाजवादी)का प्रमुख सचेतक कनिष पटेल, नेकपा (एमाले)का संसदीय दलका नेता एवं भौतिक पूर्वाधार विकासमन्त्री सरोजकुमार यादव, र नेपाली कांग्रेसका संसदीय दलका नेता कृष्ण यादव रहेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
