मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकाले परम्परागत ढुंगा र माटोले बनेका घरहरूको मौलिकता जोगाउन अब भित्ता सेतो तथा छत, झ्याल र ढोका कालो हुनुपर्ने मापदण्ड तोकेको छ।
मुस्ताङ– मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकाले परम्परागत घरको मौलिकता जोगाउने भन्दै मापदण्ड तोकिएको छ।
गाउँपालिका अध्यक्ष लोप्साङछोम्फेल विष्टले गाउँपालिकाभित्रका ढुंगा र माटोले बनेका परम्परागत घरहरूको मौलिक संस्कृति जोगाउन पालिकाले आफ्नो नीति तथा कार्यक्रममा राखेर मापदण्ड तोकिएको जानकारी दिए। पछिल्लो समय आफूखुशी घर निर्माण गर्दा मौलिकता मासिएको भन्दै घर निर्माणमा निश्चित मापदण्ड तोक्नु परेको उनले बताए।
गाउँपालिकाले कुनै व्यक्ति वा समुदायले घर तथा भवन निर्माण गर्दा भित्तामा सेतो र घरको छत (बोर्डर), झ्याल, ढोकाको रङ कालो हुनुपर्ने नियम बनाएको छ। यो नियम पालना नगरिए त्यस्ता व्यक्तिलाई कारबाही गरिनेसमेत गाउँपालिकाले जनाएको छ।
“जिल्लाको पहिचान नै यहाँका ढुङ्गा र माटोले निर्मित परम्परागत घरहरू हुन्। पछिल्लो समय आधुनिकताका कारण त्यही पहिचान मासिँदै गएको छ। त्यसैले नियम लागू गर्नुपरेको हो”, अध्यक्ष विष्टले भने।
नियम पालनाका लागि पालिकाले आर्थिक अवस्था कमजोर भएका गरिब तथा विपन्न वर्ग लक्षित अनुदानको व्यवस्थासमेत गरेको छ। “हामीकहाँ गुम्बाको रङ रातो र पहेँलो, व्यक्ति र समुदायका घर सेतो र कालो हुन्छ”, उनले भने, “त्यही पुरानो संस्कृति संरक्षण हुनुपर्छ भनेर यस्तो निर्णय गरेका हौँ। क्षमता नभएकालाई सहयोगको नीति पनि छ। पक्कै यसले प्रोत्साहन गर्नेछ।”
यहाँ तल्लो मुस्ताङदेखि उपल्लो मुस्ताङसम्मका ९६ वटै गाउँबस्तीका घरको भौतिक संरचना ढुंगा र माटोले निर्मित छन्। यहाँ सदियौँदेखिको घरका छतमाथि लस्करै दाउरा पाँजेर राख्ने प्रचलन छ। पछिल्लो समय यहाँ कङ्क्रिटका घर निर्माण हुने क्रम बढ्दो छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
