पूर्वनिर्वाचन आयुक्त इला शर्माको निधन

शनिबार साँझ नर्भिक अस्पताल काठमाडौँमा उपचारका क्रममा उनको निधन भएको हो। 

काठमाडौँ– पूर्वनिर्वाचन आयुक्त इला शर्माको हृदयाघातका कारण निधन भएको छ। 

पारिवारिक स्रोतका अनुसार शनिबार साँझ नर्भिक अस्पताल काठमाडौँमा उपचारका क्रममा उनको निधन भएको हो। 

कुपण्डोलस्थित घरमा साढे ५ बजेतिर छाती दुख्यो भनेपछि उनलाई अस्पताल पुर्‍याइएको थियो। साँझ ७ बजे चिकित्सकले उनको मृत्यु भएको घोषणा गरेका थिए। 

शर्मा २०६९ देखि ०७५ सम्म निर्वाचन आयोगको आयुक्त भएकी थिइन्। लामो समयसम्म द राइजिङ नेपालमा समेत काम गरेकी थिइन्। 

आइतबार भारतबाट जेठी छोरी आएपछि शर्माको अन्त्येष्टि प्रक्रिया अघि बढाइने छ। उनका दुई छोरी छन्।