स्थानीय राजस्व परामर्श समितिको बैठकले आलुको मूल्य प्रतिकिलो ५५ रुपैयाँ निर्धारण गरेको छ। आलु बिक्रीका लागि असार १८ गतेदेखि सुपथ मूल्यको पसल सञ्चालनमा लाइएको छ।
खोटाङ– जन्तेढुंगा गाउँपालिकाका बाँझो जमिन उपयोग गरेर ६ हजार किलो आलु उत्पादन गरेको छ। पालिकाले ६१ रोपनीमा जमिनमा आलुखेती गरेको हो।
वडा नं ४ डम्बर्खुशिवालयको भञ्ज्याङखर्कमा रहेको करिब सार्वजनिक जग्गा उपयोग गरेर गत फागुनमा आलुखेती लगाएको थियो। आलुलाई गाउँपालिकाले चिसापानी बजारमा सञ्चालन गरेको कोसेली घरमा भण्डार गरेको छ। कोसेली घरमा भण्डारण गरेर राखिएको आलु उपभोक्तालाई बिक्री गर्न गाउँपालिकाले असार १८ गतेदेखि सुपथ मूल्यको पसल खुला गरेको छ।
स्थानीय राजस्व परामर्श समितिको यही असार १६ गते बसेको बैठकले आलुको मूल्य प्रतिकिलो ५५ रुपैयाँ निर्धारण गरेर कोसेली घरबाटै बिक्री गरिरहेको गाउँपालिकाका उपप्रमुख खेमबहादुर खड्काले जानकारी दिए।
“भण्डारण गरिएको आलु कृषि शाखाबाट कुपन लिएर आउने ग्राहकलाई बिक्री गर्ने व्यवस्था मिलाइएको छ। हालसम्म एक हजार १०६ केजी आलु बिक्री भइसक्यो,” उनले भने, “आलु बिक्रीबाट आएको आम्दानीलाई गाउँपालिकाको आन्तरिक स्रोतमा जम्मा गर्ने योजना बनाएका छौँ। बाँझो जमिन उपयोग गरेर शुरू गरिएको आलुखेती प्रवर्द्धन कार्यक्रमले उत्पादनमा जोड दिनुपर्छ भन्ने सिकाइ भएको छ।”
आलुखेती प्रवर्द्धनअन्तर्गत कोशी प्रदेश सरकारको उद्योग, कृषि तथा सहकारी मन्त्रालयले उपलब्ध गराएको १५ लाखमध्ये ८ लाख रुपैयाँमा ११ टन आलुको बीउ खरिद गरेर किसानलाई निःशुल्क वितरण गरिएको थियो। किसानको मागका आधारमा गाउँपालिकाले निःशुल्क आलुको बीउ वितरण गरेपछि बाँकी रहेको ७ लाख रुपैयाँ तथा जनप्रतिनिधि, कर्मचारी र स्थानीयले श्रमदान गरेर बाँझो जमिन रहेको भञ्ज्याङखर्कमा आलुखेती लगाइएको थियो।
वर्षौंदेखि बाँझिएर उपयोगविहीन भएको सार्वजनिक जग्गा फोरेर आलुखेती लगाउनका लागि गाउँपालिकाको दुईवटा मिनीटिलर प्रयोग गरिएको थियो। यस्तै, बाँझो जमिन खन्न, आलुको बीउ रोप्न र फलेको आलु निकाल्नका लागि खन्न प्रधानमन्त्री रोजगार कार्यक्रममा सहभागी स्थानीयलाई परिचालन गरिएको गाउँपालिका प्रमुख अरुणादेवी राईले बताइन्।
“भज्याङखर्कमा खुमल सेतो प्रजातिको र स्थानीय जातको आलु रोपिएको थियो, आलुसँगै मकैखेती पनि लगाइएको छ,” उनले भनिन्, “उत्पादित आलुलाई ग्रेडिङ गर्दै सानासाना दानालाई भने बीउका रूपमा राख्छौँ।”
भोजपुरको सिमानामा रहेको ठूल्ठूला घाँसेमैदान रहेको भञ्ज्याङखर्कमा आगामी आर्थिक वर्ष पनि आलुखेती लगाउने योजना बनाइएको गाउँपालिकाले जनाएको छ। आलुखेतीका लागि मल उत्पादन गर्न वडा कार्यालय डम्बर्खुशिवालयले भैँसी खरिदका लागि बजेटसमेत विनियोजन गरेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
