कञ्चनपुरको कृष्णपुर नगरपालिकाले छाउगोठ नभत्काए १० हजार रुपैयाँ जरिबाना गर्ने भएको छ।
कञ्चनपुर– कञ्चनपुरको कृष्णपुर नगरपालिकाले छाउगोठ नभत्काए १० हजार जरिबाना गर्ने भएको छ। नगरपालिकाले १५ दिनभित्र छाउगोठ भत्काउन १५ सूचना जारी गरेको छ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खगेन्द्र प्रसाद भट्टले भने, “सबै वडा कार्यालयलाई वडामा छाउगोठ निरीक्षण गरी १५ दिनभित्र भत्काउन भनेका छौँ।”
शनिबार वडा नम्बर–१ निगालीकी २८ वर्षीया कमला आउजीको छाउगोठमा सुतेको अवस्थामा सर्पले डसेर मृत्यु भएपछि नगरपालिकाले उक्त निर्णय गरेको हो।
पक्की घर हुँदाहुँदै आउजी देउता रिसाउने अन्धविश्वासले घरको छेउमै बनाइएको छाउगोठमा बस्दै आएकी थिइन्।
कृष्णपुर–१ का वडाध्यक्ष मोहनबहादुर बस्नेतलले भने, “धेरै छाउगोठ त हामीले भत्कायौँ, त्यो बेला अनेकोँ गाली खायौँ, झगडासमेत भयो। हामीले भत्काएर आएपछि पुनः छाउगोठ बनाइहाले।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
