ढाकास्थित बसुन्धारा किङ्स एरेनामा सम्पन्न खेलमा घरेलु टोली बांग्लादेशले नेपाललाई ३–२ गोल अन्तरले पराजित गरेको हो।
काठमाडौँ– साफ यू२० महिला च्याम्पियनसिप फुटबलको दोस्रो खेलमा नेपाल बांग्लादेशसँग पराजित भएको छ। बांग्लादेशको राजधानी ढाकास्थित बसुन्धारा किङ्स एरेनामा सम्पन्न खेलमा घरेलु टोली बांग्लादेशले नेपाललाई ३–२ गोल अन्तरले पराजित गरेको हो।
खेलको दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गरेको नेपालले अन्तिम समयमा सम्हालिएर खेल्न नसक्दा पराजित हुन पुग्यो। खेलको पहिलो हाफमा बांग्लादेशले २–० को अग्रता बनाएको थियो। खेलको १३औँ मिनेटमा बांग्लादेशले शुरूआती अग्रता बनायो। उसका लागि सिना जहान शिखाले गोल गरिन्। खेलको ३६औँ मिनेटमा बांग्लादेशले अग्रता दोब्बर बनायो। बांग्लादेशकी सागोरिकाले गोल गरिन्।
खेलको दोस्रो हाफको सुरुआतमै दुवै टोली १०–१० खेलाडीमा सीमित भएका थिए। नेपालकी ‘डिफेन्डर’ सिम्रन राई र बांग्लादेशकी सागोरिकाले एक अर्कामाथि मुक्का प्रहार गरेपछि ‘रेफ्री’ले दुवैलाई रातो कार्ड देखाएको थियो। नेपालले त्यसको केही समयमा ‘पेनाल्टी’ पाएर खेलमा फर्कने अवसर पायो। अनिशा राईले गोल गर्दै खेल २–१ को स्थितिमा ल्याइन्।
त्यसपछि खेलको पाँच मिनेट बाँकी रहँदा ‘काउन्टर अट्याक’मा नेपालले बराबरी गोल गर्यो। पूर्णिमा राईको क्रसमा मीना देउवाले गोल गर्दै नेपाललाई २–२ को स्थितिमा पुर्याइन्। तर, बांग्लादेशले खेलको दोस्रो हाफको अतिरिक्त समयमा विजयी गोल गर्यो। बांग्लादेशकी तृष्णारानी सरकारले गोल गर्दै घरेलु टोलीलाई जित दिलाइन्। यससँगै बांग्लादेशले प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गराएको छ। बांग्लादेशले पहिलो खेलमा श्रीलंकालाई ९–१ गोल अन्तरले हराएको थियो। यसैगरी, नेपालको भने यो पहिलो हार हो। पहिलो खेलमा नेपालले भुटानलाई ६–१ गोलअन्तरले हराएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
