इटालीका सिनरले स्पेनिस खेलाडी कार्लोस अल्काराजलाई हराउँदै पहिलो पटक विम्बल्डन उपाधि जितेका हुन्। यो हारसँगै अल्काराज विम्बल्डनमा उपाधि ह्याट्रिक गर्नबाट चुकेका छन्।
काठमाडाैँ– इटालीका टेनिस खेलाडी यानिक सिन्नरले विम्बल्डन २०२५ को उपाधि जितेका छन्। सिन्नरले स्पेनिस खेलाडी कार्लोस अल्काराजलाई ४–६, ६–४, ६–४, ६–४ ले पराजित गर्दै पहिलो पटक विम्बल्डन उपाधि जितेका हुन्।
यो हारसँगै अल्काराज विम्बल्डनमा उपाधि ह्याट्रिक गर्नबाट चुकेका छन्। यसअघि उनले २०२३ र २०२४ मा लगातार दुई पटक विम्बल्डन उपाधि जितेका थिए।
यस पटक अल्काराज चार सेटको खेलपछि फाइनलमा सिन्नरसँग पराजित भए। सिन्नर सेमिफाइनलमा २४ पटकका ग्रान्ड स्लाम विजेता नोभाक जोकोभिचलाई हराउँदै फाइनलमा प्रवेश गरेका थिए।
अल्काराजले ३५ दिनअघि मात्र फ्रेन्च ओपनमा सिन्नरलाई हराएका थिए, तर यसपटक त्यस्तो भएन। सिन्नर अल इंग्ल्यान्ड क्लबमा पहिलो पटक च्याम्पियन बने। विम्बल्डनअघि सिन्नरले तीन ग्रान्ड स्लाम उपाधि (एक पटक यूएस ओपन र दुई पटक अस्ट्रेलियन ओपन) जितेका छन्।
पहिलो पटक विम्बल्डन जितेको बारेमा सिन्नरले भने, "टेनिस कोर्टभित्र र बाहिर हामीले के भोगेका छौं भन्ने कुरा मेरा नजिकका मानिसहरूलाई मात्र थाहा छ।"
उनले भने, "यो धेरै विशेष छ। म मेरो सपना बाँचिरहेको छु।"
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
