ड्रोनको सहायताले १० किलोमिटर वनक्षेत्रको निगरानी सहजै गर्न सकिएको र वन संरक्षणमा ठूलो टेवा पुगेको वन अधिकृतको भनाइ छ।
रौतहट– पछिल्लो समय रौतहटको वनजंगलको निगरानी गर्न ‘ड्रोन’को प्रयोग गर्न थालिएको छ।
डिभिजन वन कार्यालय रौतहटअन्तर्गत सबडिभिजन वन कार्यालय जंगल सहियाले चोरी तस्करी नियन्त्रण गर्नका लागि ड्रोनको प्रयोग गर्न थालेको हो।
विगत तीन महिनादेखि सो क्षेत्रको वनजंगलमा ड्रोनबाट नै निगरानी गरिँदै आएको छ। ड्रोनबाट वनजंगलको निगरानी गर्न थालेपछि काठ, दाउरा, नदीजन्य पदार्थको तस्करी नियन्त्रणमा आएको सबडिभिजन वन कार्यालय जंगल सहियाका वन अधिकृत विनोद जेठराले बताए।
ड्रोनको सहायताले १० किलोमिटर वनक्षेत्रको निगरानी सहजै गर्न सकिएको र वन संरक्षणमा ठूलो टेवा पुगेको वन अधिकृत जेठराको भनाइ रहेको छ। ड्रोनको प्रयोगले तस्कर पक्राउ गर्न पनि सहज भएको उनले बताए।
उनले बताएअनुसार ड्रोनका कारण धन्सारखोलाबाट हुने ढुंगागिट्टीको तस्करी पनि नियन्त्रणमा आएको छ। सो क्षेत्रका दाउराका नाममा सयौँ साइकलहरू जंगलमा गएर सालको लाथ्रा काटेर लाने गर्दै आएका थिए। ती दाउराहरू रौतहटका विभिन्न इँटाभट्टाहरूमा पुग्ने गरेका छन्।
ड्रोनबाट रौतहटको जंगल सहिया, चोचा, धन्सार तथा गैडाटार वनक्षेत्रको निगरानी गरिरहेको डिभिजन वन कार्यालय रौतहटका प्रमुख हेमन्तप्रसाद साहले जानकारी दिए। अहिले एउटा मात्र ड्रोनले निगरानी गरेको र आउँदो आर्थिक वर्षमा अरू पनि ड्रोन क्यामेरा माग गरेको उनले जानकारी दिए। ड्रोनबाट काठ तस्करी नियन्त्रण ढुंगागिट्टी तस्करी नियन्त्रण जस्तामा प्रभावकारी रहेको डिभिजन वन अधिकृत साहले बताए।
मधेश प्रदेशको कुल वन क्षेत्रको २५ प्रतिशत र नेपालको कुल वन क्षेत्रको ३.९६ प्रतिशत वन रौतहट जिल्लामा पर्ने जानकारी दिँदै प्रमुख वन अधिकृत साहले यसको संरक्षणका लागि कुनै कसुर बाँकी नराखेको बताए।
रौतहटमा ३० हजार १७० हेक्टर वन क्षेत्र छ। जसमा सरकारद्वारा व्यवस्थित वन आठ हजार २३१ हेक्टर, तीन वटा साझेदारी वनद्वारा ११ हजार ९२७ हेक्टर, ब्लक फरेस्ट व्यवस्थापन एक हजार ५२ हेक्टर, ४३ वटा सामुदायिक वनद्वरा आठ हजार २५७ हेक्टर, चारवटा धार्मिक वनद्वारा ५१ हेक्टर र निजी वनद्वारा ६५६ हेक्टर वन क्षेत्रको संरक्षण गरिँदै आएको उनले जानकारी दिए।
चालु आर्थिक वर्षभित्र जिल्लाका विभिन्न स्थानका १२ हेक्टरभन्दा बढी जंगलको अतिक्रमण भूभाग क्षेत्र हटाई वृक्षरोपण गरेको उनले बताए।
यसैबीच डिभिजन वन कार्यालय रौतहटले चालु आर्थिक वर्षमा आठ लाख १८ हजार ७८ वटा विभिन्न जातको बिरुवा उत्पादन गरेको समेत वन अधिकृत साहले जानकारी दिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
