बाजुरामा बुढीगंगा नदीले बगाउँदा १ जनाको मृत्यु

बाजुराको बुढीगंगा नगरपालिकास्थित बुढीगंगा नदीले बगाउँदा सोमबार एक जनाको मृत्यु भएको छ।

बाजुरा– बुढीगंगा नगरपालिकामा बुढीगंगा नदीले बगाउँदा सोमबार एक जनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक इकवाल हवारीका अनुसार मृत्यु हुनेमा बुढीगंगा-२ ताँप्राका ३७ वर्षीय लोकबहादुर बुढाथापा रहेका छन्। 

बुढीगंगा-३ र ६ मा पर्ने बुढीगंगा नदीको किनारमा दाउरा निकाल्ने क्रममा उनलाई नदीले बगाएको थियो।

दाउरा ल्याउन गएका बुढाथापा घर नफर्किएपछि खोजी गर्दा करिब एक किलोमिटर तल नदीको किनारमा उनको शव फेला परेको प्रहरी नायब उपरीक्षक हवारीले जानकारी दिए। उनको शव परीक्षणका लागि जिल्ला अस्पतालमा ल्याइएको छ।