सोमबार नेप्से परिसूचक ३५.०९ अंक अर्थात् १.२७ प्रतिशतले घटेर २७२५.७१ को विन्दुमा कायम भएको छ।
काठमाडौँ– नेपाल राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गरेपछिको पहिलो कारोबार दिनमा उल्लेख्य सुधार देखिए पनि, त्यसको दोस्रो दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा उच्च गिरावट आएको छ।
सोमबार नेप्से परिसूचक ३५.०९ अंकले घटेर २७२५.७१ को विन्दुमा कायम भएको छ जुन १.२७ प्रतिशतको गिरावट हो। यस दिन नेप्से परिसूचकसँगै कारोबार रकममा पनि उल्लेख्य गिरावट देखिएको छ।
यस दिन ३२१ कम्पनीका दुई करोड ११ लाख २ हजार ५४० कित्ता शेयर ७२ हजार ६०१ पटक खरिदबिक्री हुँदा आठ अर्ब १७ करोड २१ लाख ४३ हजार ३२६ रुपैयाँ बराबरको कारोबार भएको छ। यसको तुलनामा, आइतबार ११ अर्ब ४१ करोड ६४ लाख रुपैयाँ बराबरको तीन करोड २५ लाख ९२ हजार ३० कित्ता शेयर कारोबार भएको थियो।
आइतबारको कारोबारमा जलविद्युत् समूह मात्रै ०.१५ प्रतिशतले बढेको छ भने अन्य सबै समूहको उपसूचक घटेको छ। सबैभन्दा धेरै बैंकिङ समूह २.४६ प्रतिशतले घटेको छ। यस्तै, विकास बैंक १.४८ प्रतिशत, वित्त १.१३ प्रतिशत, होटल तथा पर्यटन ०.२५ प्रतिशत, लगानी १.२५ प्रतिशत, जीवन बीमा १.३६ प्रतिशत र उत्पादन तथा प्रशोधन ०.७८ प्रतिशतले घटेको छ।
त्यस्तै, लघुवित्त १.२३ प्रतिशत, म्युचुअल फन्ड ०.१७ प्रतिशत, निर्जीवन बीमा १.०५ प्रतिशत, व्यापार ०.६४ प्रतिशत र अन्य समूह १.२४ प्रतिशतले घटेका छन्।
आज माई खोला हाइड्रोपावरको शेयर मूल्य सबैभन्दा धेरै ५.९० प्रतिशतले बढेको छ। सबैभन्दा धेरै घट्नेमा भने सामुदायिक लघुवित्तको शेयर मूल्य ४.४६ प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै एनआरएन इन्फाइस्टक्चरको ४० करोड ८८ लाख ५३ हजार ४४ रुपैयाँ बराबरको कारोबार भएको छ। यस्तै, कारोबार भएका शेयर संख्याका आधारमा भने कुमारी सबल योजनाको ८ लाख ६ हजार २८० कित्ता शेयर किनबेच भएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
