दाङस्थित बबई नदीमा पौडी खेल्ने क्रममा बगेर दुई किशोरको मृत्यु भएको छ।
दाङ– दाङस्थित बबई नदीमा पौडी खेल्ने क्रममा बगेर दुई किशोरको मृत्यु भएको छ।
बबई गाउँपालिका–५, पुरन्धारा छहरानजिकै भएको यस घटनामा तुलसीपुर उपमहानगरपालिका–७ का १७ वर्षीय विधान केसी र तुलसीपुर–५ का १८ वर्षीय कुशल बुढा मगरको मृत्यु भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी अर्जुनप्रसाद तिमिल्सिनाका अनुसार, सोमबार दिउँसो करिब २ बजेतिर तीन जना साथी नदीमा पौडी खेल्न पसेका थिए।
तीमध्ये एक जना पौडेर बाहिर निस्कन सफल भए पनि विधान र कुशल बेपत्ता भएका थिए। बगेका उनीहरूको शव नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा घटनास्थलभन्दा करिब ५० मिटर तल फेला परेको तिमिल्सिनाले जानकारी दिए।
मृतकको शव पोस्टमार्टमका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा ल्याइको प्रहरीले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
