बीपी राजमार्गअन्तर्गत रोशी गाउँपालिका–११ माम्ती, वडा नं ९ खहरे खोला र बिरुवाडाँडामा पहिरो र लेदोले सडक पुर्दा यातायात अवरुद्ध भएको छ।
काभ्रेपलान्चोक– पहिरो र लेदोका कारण बीपी राजमार्ग तीन स्थानमा अवरुद्ध भएको छ।
रोशी गाउँपालिका–११ माम्तीस्थित सडकमा भेलबाढी आई कटान गरेपछि अवरुद्ध भएको हो। उक्त राजमार्गको रोशी– ९ स्थित खहरे खोलामा पनि लेदोले सडक अवरुद्ध भएको छ। सोही वडाको बिरुवाडाँडामा खहरे खोलाको लेदोले पनि सडक अवरुद्ध बनाएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी मीनबहादुर घलेले जानकारी दिए।
उनका अनुसार स्थानीय जनप्रतिनिधिको समन्वयमा सडक खुलाउने प्रयास भइरहेको छ। असार २५ गते पनि मंगलटारको बिरुवाडाँडामा सडक अवरुद्ध भएको थियो।
राजमार्गअन्तर्गत रोशीका क्षेत्रका विभिन्न स्थानमा आइतबार साँझदेखि वर्षा भएको थियो। रातभर जेसीभी प्रयोग गरी लेदो हटाएर सोमबार बिहान दुइतर्फी नै यातायात सञ्चालनमा ल्याइएको थियो।
उक्त राजमार्गकै पिन्थलीमा यसअघि पनि पटक–पटक सडक अवरुद्ध हुँदै आएको थियो। असार १६ गते, असार २५ र २६ गते पनि पिन्थलीमा सडक अवरुद्ध भएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
