युक्रेनलाई अमेरिकाले हतियार दिने, रुसविरुद्ध भने कर लगाउने धम्की

ट्रम्पले ओभल अफिसमा नाटो महासचिव मार्क रुटलाई भेट्दै युक्रेनलाई सहयोग गर्ने हतियारसम्बन्धी सम्झौताको घोषणा गरेका छन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई हतियार दिएर समर्थन गर्ने वाचा गरेका छन् भने रुसविरुद्ध कर लगाउने धम्की दिएका छन्।

अमेरिकाले नाटोमार्फत युक्रेनमा हतियार पठाउने र ५० दिनभित्र युद्धविराम सम्झौता नभए रुसलाई कर लगाउने ट्रम्पले बताएका हुन्। “यदि ५० दिनभित्र सम्झौता भएन भने दोस्रो कर लगाउनेछौँ। यो धेरै सरल छ र तिनीहरू १०० प्रतिशतमा हुनेछन्।”

ट्रम्पले ओभल अफिसमा नाटो महासचिव मार्क रुटलाई भेट्दै युक्रेनलाई सहयोग गर्ने हतियारसम्बन्धी सम्झौताको घोषणा गरेका हुन्। ट्रम्पले भने “हामी युक्रेनीहरूलाई हतियार पठाउनेछौँ र उनीहरूले त्यसको लागि भुक्तानी गर्नेछन्।” 

प्याट्रियट वायु रक्षा प्रणालीसहित सैन्य उपकरण केही दिनभित्र युक्रेनमा पुग्ने ट्रम्पले बताएका छन्।