सुदूरपश्चिम विश्वविद्यालयको १ अर्ब ५४ करोडको बजेट स्वीकृत

सुदूरपश्चिम विश्वविद्यालयको १३औँ सिनेट बैठकले एक अर्ब ५४ करोड रुपैयाँको बजेट स्वीकृत गरेको छ।

काठमाडौँ– सुदूरपश्चिम विश्वविद्यालयको १३औँ सभाको बैठकले आगामी आर्थिक वर्षका लागि एक अर्ब ५४ करोडको अनुमानित बजेट स्वीकृत गरेको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा मंगलबार भएको बैठकमा विश्वविद्यालयका रजिष्ट्रार प्राडा. विनोद लेखकद्वारा प्रस्तुत बजेट र कार्यक्रम संशोधनसहित स्वीकृत भएको हो।

कुलपति ओलीले विश्वविद्यालयको आर्थिक अवस्थालाई तन्दुरुस्त राख्न आग्रह गर्दै बजेट प्रस्तुत गर्दा यथार्थ चित्रका आधारमा प्रस्तुत गर्न निर्देशन दिए।