दार्चुलाको व्यास गाउँपालिका-२ दुम्लिङमा महाकाली तरेर भारततर्फ जानेक्रममा तुइन चुँडिदा एक जना नदीमा खसेर बेपत्ता भएका छन्।
खलंगा– दार्चुलाको तुइनबाट महाकाली नदीमा खसेर एक जना बेपत्ता भएका छन्। व्यास गाउँपालिका–२ दुम्लिङस्थित तुइनबाट मंगलबार महाकाली नदीमा खसेर स्थानीय २८ वर्षीय नारायण बुढाथोकी बेपत्ता भएका हुन्।
मंगलबार दिउँसो १२ बजे दुम्लिङबाट महाकाली तरेर भारततर्फ जानेक्रममा बुढाथोकी तुइन चुँडिदा नदीमा खसेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक छत्रबहादुर रावतले जानकारी दिए।
नारायणसँगै स्थानीय २६ वर्षीय जितु विष्ट र ४५ वर्षीय जयदु बुढाथोकी पनि तुइनमार्फत नदी पार गर्न गएका थिए। नारायणभन्दा अघि जितुले सकुशल नदी पार गरिसकेका थिए। तर, नारायण नदीको बीच भागमा पुगेपछि तुइन चुँडिएको प्रहरीले जनाएको छ।
उक्त घटनापछि जयदुले तुइन चढ्ने प्रयाससमेत गरेनन्। बेपत्ता नारायणको खोजी कार्यमा स्थानीय र प्रहरी खटिएको प्रहरी निरीक्षक रावतले बताए।
सरकारको पटक–पटक तुइन विस्थापन गरेर झोलुंगे पुल निर्माण गर्ने घोषणा गरे पनि कार्यान्वयन हुन सकेको छैन।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
