नेपाल बीमा प्राधिकरणका निवर्तमान अध्यक्ष शरद ओझा निलम्बनमा परेपछि अर्थ मन्त्रालयका सहसचिव सेवन्तक पोखरेल अध्यक्षमा नियुक्त भएका छन्।
काठमाडौँ– नेपाल बीमा प्राधिकरणका निवर्तमान अध्यक्ष शरद ओझा निलम्बनमा परेपछि अर्थ मन्त्रालयका सहसचिव सेवन्तक पोखरेल प्राधिकरणको अध्यक्षमा नियुक्त भएका छन्। उनले मंगलबार अर्थमन्त्री विष्णुप्रसाद पौडेलसमक्ष शपथग्रहण गरे।
मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले सहसचिव पोखरेललाई अर्को व्यवस्था नहुँदासम्मका लागि बीमा प्राधिकरणको सञ्चालक समितिको अध्यक्षमा तोक्ने निर्णय गरेको थियो।
प्राधिकरण सञ्चालक समितिका निवर्तमान अध्यक्ष ओझाविरुद्ध उजुरी परेपछि मन्त्रिपरिषद्को बैठकले बीमा ऐन २०७९ को दफा १२ को उपदफा २ बमोजिम उच्च अदालतका पूर्वन्यायाधीश कृष्ण गिरीको अध्यक्षतामा तीन सदस्यीय छानबिन समिति गठन गरेको थियो। छानबिन समिति गठन भएसँगै अध्यक्ष ओझा स्वतः निलम्बनमा परेका थिए।
यसैबीच, छानबिन समितिका अध्यक्ष कृष्ण गिरी र सदस्यद्वय जीवनप्रकाश सिटौला तथा कपिलदेव ओलीले आज (मंगलबार) पत्र बुझेको मन्त्रालयले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
