जिल्ला प्रहरी कार्यालय सुर्खेतले १३ लाख नक्कली नोट र ठूलो मात्रामा अफिमसहित नक्कली नोट छाप्ने तथा लागुऔषध कारोबारमा संलग्न ५ जनालाई पक्राउ गरेको छ।
काठमाडौँ– जिल्ला प्रहरी कार्यालय सुर्खेतले नक्कली नोट छाप्ने र लागुऔषध (अफिम)को कारोबार गर्ने गिरोहका पाँच जनालाई पक्राउ गरेको छ। विभिन्न मितिमा गरिएको कारबाहीमा प्रहरीले १३ लाख रुपैयाँ बराबरको नक्कली नेपाली नोट र ठूलो मात्रामा अफिम बरामद गरेको हो।
मंगलबार सुर्खेतमा आयोजित पत्रकार सम्मेलनमा प्रहरीले बरामद सामग्री र पक्राउ परेका व्यक्तिहरूलाई सार्वजनिक गरेको छ।
प्रहरीका अनुसार, जाजरकोटको कुशे गाउँपालिका-५ घर भई सुर्खेत वीरेन्द्रनगर नगरपालिका-१० मा बस्ने २२ वर्षीया दिलमाया सिंह ठकुरीले खोटा मुद्रा चलाउने गरेको गोप्य सूचनाका आधारमा प्रहरीले छापा मारेर ६ हजार रुपैयाँ नेपाली नक्कली रकम बरामद गरेको थियो। उनी पक्राउ परेपछि थप अनुसन्धानका क्रममा जाजरकोटकै ३३ वर्षीय रामबहादुर सिंह र दिलमाया सिंहको कोठाबाट थप १२ लाख ३५ हजार नक्कली नोट बरामद भयो।
सुर्खेतका प्रहरी उपरीक्षक सुधिरराज शाहीले जानकारी दिएअनुसार, मंगलबार नै प्रहरीले सुर्खेतको भेरीगंगा नगरपालिका-१२ बस्ने कृष्णबहादुर वली र प्रेमबहादुर विकलाई नियन्त्रणमा लिएर कोठा खानतलासी गर्दा ११ किलो ३७२ मिलिग्राम अफिम बरामद भएको थियो।
यसको थप अनुसन्धान गर्ने क्रममा कालीकोट नरहरीनाथ गाउँपालिका-४ घर भई बाँके कोहलपुर नगरपालिका-११ न्युरोडमा ‘जनगर्जन नेटवर्क प्रालि.’ नामक मिडिया सञ्चालन गर्दै आएका मनबहादुर सहकारीलाई पनि नियन्त्रणमा लिइएको छ। उनको मिडिया हाउस तथा कोठा खानतलासी गर्दा ५१ हजार नक्कली रकम, प्लास्टिकमा पोका बनाएर राखिएको १९ किलो ३०० ग्राम लागुऔषध अफिम बरामद भएको एसपी शाहीले जानकारी दिए। नक्कली नोट बनाउन प्रयोग हुने एकथान प्रिन्टर, सीपीयू, मोनिटर, क्यामरालगायतका सामान पनि बरामद भएका छन्।
“सञ्चारमाध्यमकै आडमा गिरोहले काम गरेको देखिन्छ। विशेष सूचनापछि अनुसन्धान गर्ने क्रममा नक्कली नोट र लागुऔषधसहित संलग्न मानिसहरू पक्राउ गर्न सफल भएका हौँ,” एसपी शाहीले भने।
पक्राउ परेकाहरूविरुद्ध अदालतबाट म्याद थप लिएर लागुऔषध (अफिम), मुद्रासम्बन्धी कसुर र संगठित अपराध कसुरमा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
