नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ र डिजेल/मटितेलमा १ रुपैयाँका दरले मूल्य घटाउने छ।
काठमाडौँ– नेपाल आयल निगमले पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य घटाएको छ।
निगमको सञ्चालक समितिको मंगलबारको बैठकले बुधबारबाट लागू हुने गरी पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ र डिजेल/मटितेलमा १ रुपैयाँका दरले मूल्य घटाउने निर्णय गरेको हो।
नयाँ मूल्यसूचीअनुसार पेट्रोल पहिलो वर्गमा १५७.५० रुपैयाँ, दोस्रो वर्गमा १५९ रुपैयाँ र तेस्रो वर्गमा १६० रुपैयाँ कायम भएको छ।
त्यस्तै, डिजेल/मटितेल पहिलो वर्गमा १४५.५० रुपैयाँ, दोस्रो वर्गमा १४७ रुपैयाँ र तेस्रो वर्गमा १४८ रुपैयाँ तोकिएको निगमले जनाएको छ।
निगमले पहिलो वर्गमा चारआली, विराटनगर, जनकपुर, भलवारी, नेपालगन्ज, धनगढी र विराटनगरलाई तोकेको छ। दोस्रो वर्गमा सुर्खेत र दाङ पर्दछन् भने तेस्रो वर्गमा काठमाडौँ, पोखरा र दिपायल समावेश छन्।
निगमका अनुसार, भारतबाट मंगलबार प्राप्त नयाँ मूल्य सूचीमा पेट्रोल ५.३ रुपैयाँ र डिजेल १.३० रुपैयाँ घटेर आएको थियो, जसका आधारमा निगमले मूल्य समायोजन गरेको हो।
निगमको विज्ञप्तिमा खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य घटबढबारे भने उल्लेख छैन।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
