गाजामा करिब २० लाख बासिन्दा युद्धका कारण अत्यन्तै कठिन मानवीय परिस्थितिको सामना गरिरहेका छन्।
युरोपेली युनियन (ईयू) का परराष्ट्र मन्त्रीहरूले मंगलबार गाजाको युद्धलाई लिएर इजरायलविरुद्ध सम्भावित कारबाहीबारे छलफल गरेका छन्। तर सदस्य राष्ट्रबीचको मतभेदका कारण ठोस निर्णय हुने सम्भावना भने कम देखिएको छ।
ईयू विदेश नीतिप्रमुख काया काल्लासले इजरायलले मानवअधिकारसम्बन्धी द्विपक्षीय सम्झौताको उल्लंघन गरेको निष्कर्षपछि १० बुँदे सम्भावित उपाय प्रस्ताव गरेकी थिइन्। ती उपायमा सम्पूर्ण सम्झौता स्थगन, व्यापार सम्बन्ध सीमित गर्ने, इजरायली मन्त्रीलाई प्रतिबन्ध लगाउने, हतियार प्रतिबन्ध तथा भिसामुक्त यात्रा रोकिने जस्ता विकल्प समावेश छन्।
गाजामा भइरहेको विनाशप्रति बढ्दो असन्तुष्टिबीच पनि ईयू सदस्य राष्ट्रहरू इजरायलप्रति अपनाउने नीति विषयमा विभाजित छन्। कूटनीतिज्ञका अनुसार कुनै पनि निर्णय पारित गर्न आवश्यक पर्याप्त समर्थन जुट्न सकेको छैन।
काल्लासले परराष्ट्र मन्त्रीहरूको बैठक अघि भनिन्, “वार्ताको दिशा म भविष्यवाणी गर्न सक्दिनँ। तर हाम्रो ध्यान अहिले मानवीय अवस्थाको सुधारमा केन्द्रित हुनेछ।” उक्त टिप्पणी काल्लासले इजरायली परराष्ट्रमन्त्री गिडेओन सारसँग बिहीबार गरेको सहमतिपछि आएको हो, जसअनुसार गाजामा थप प्रवेश विन्दु खोल्ने र खाद्यान्न आपूर्ति बढाउने निर्णय गरिएको थियो।
गाजामा करिब २० लाख बासिन्दा युद्धका कारण अत्यन्तै कठिन मानवीय परिस्थितिको सामना गरिरहेका छन्। इजरायलले हमासविरुद्ध युद्धका क्रममा मानवीय सहायता अत्यधिक सीमित पारेको छ।
“सीमा नाका खुल्दै गरेको, बिजुली पुनः जडान हुँदै गरेको, पानी आपूर्ति र थप मानवीय सहायता पुर्याउने प्रयासमा केही सकारात्मक संकेत देखिएका छन्,” काल्लासले भनिन्, “वास्तविक सुधार देखिन अझ धेरै प्रगति आवश्यक छ।”
इजराय–हमास युद्धको शुरूआत सन् २०२३ अक्टोबर ७ मा भएको थियो। जसमा एक हजार २१९ जनाको मृत्यु भएको थियो। मृत्यु हुनेमा अधिकांश सर्वसाधारण थिए। हमासले अपहरण गरेका २५१ मध्ये ४९ जना अझै गाजामा छन्, जसमा २७ जनालाई इजरायली सेनाले मृत घोषणा गरिसकेको छ।
गाजाको हमास–प्रशासित स्वास्थ्य मन्त्रालयका अनुसार इजरायली आक्रमणमा हालसम्म ५८ हजार ३८६ भन्दा बढी प्यालेस्टिनीको मृत्यु भइसकेको छ। जसमध्ये धेरैजसो सर्वसाधारण रहेको संयुक्त राष्ट्रसंघले अनुमान छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
