बागलुङको अधिकारी चौर आसपास केन्द्रविन्दु भएर ४.७ म्याग्निच्युड, खुङ्गा आसपास केन्द्रविन्दु भएर ५.३ म्याग्निच्युड र फेरि अधिकारी चौर आसपास केन्द्रविन्दु भएर चार म्याग्निच्युडकाे भूकम्प गएको छ।
बागलुङ– जिल्लाका विभिन्न स्थान भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार मंगलबार राति तीनपटक भूकम्प गएको हो।
केन्द्रका अनुसार १:२३ बजे बागलुङको अधिकारी चौर आसपास केन्द्रविन्दु भएर ४.७ म्याग्निच्युड, २:०७ बजे खुङ्गा आसपास केन्द्रविन्दु भएर ५.३ म्याग्निच्युड र बिहान ३:२८ बजे अधिकारी चौर आसपास केन्द्रविन्दु भएर चार म्याग्निच्युडकाे भूकम्प गएको हो। भूकम्पबाट क्षति भएकाे विवरण हालसम्म प्राप्त नभएकाे केन्द्रले जनाएकाे छ।
उक्त भूकम्प गोरखा भूकम्पको परकम्प नभएर नयाँ भएको केन्द्रले जनाएको छ। नेपालको हिमालय क्षेत्र भूकम्पका लागि जोखिमको क्षेत्र भएको केन्द्रले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
