राप्रपाको कार्यसम्पादन समिति बैठक बस्दै, सरकारमा सहभागिताबारे निर्णय गर्ने

सरकारमा सहभागी हुने वा नहुने निर्णय गर्न राप्रपाको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दैछ।

काठमाडौँ– सरकारमा सहभागी हुने वा नहुने विषयमा छलफल गर्न राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दैछ।

राप्रपा प्रवक्ता मोहन श्रेष्ठका अनुसार बुधबार साढे १२ बजे पार्टी कार्यालय धुम्बाराहीमा बैठक बस्न लागेको हो। बैठकले सरकारलाई समर्थन गरिसकेपछिको अवस्थामा अबको रणनीति कस्ताे हुने भन्ने निर्णय गर्नेछ।