प्रधानमन्त्री दाहाललाई भेट्न खुमलटार पुगे ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न खुमलटार पुगेका छन्। 

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न खुमलटार पुगेका छन्।

सरकारलाई पुर्णता दिने लगायतका राजनीति घटनाक्रमबारे छलफल गर्न ओली दाहाल निवास खुमलटार पुगेका हुन्। नेकपा विभाजन र दुई पार्टी छुट्टिएपछि पहिलोपटक ओली दाहाल निवास पुगेका हुन्।

नेकपाभित्रको संघर्ष चुलिएका बेला तत्कालीन प्रधानमन्त्री ओली अर्का अध्यक्ष दाहाललाई मनाउन यसअघि २०७७ पुस ४ मा खुमलटार पुगेका थिए। त्यसपछि ओली आज खुमलटार गएका हुन्।