युक्रेनलाई हतियार सहयोग गरे युद्धमा सहभागी भएको मान्ने भन्दै हतियार नपठाउन पश्चिमा मुलुकहरूलाई रुसले चेतावनी दिँदै आएको छ।
काठमाडौँ- उत्तर एट्लान्टिक सन्धि संगठन (नेटो)का केही सदस्य राष्ट्रले युक्रेनलाई अत्याधुनिक हतियार सहयोग गर्ने घोषणा गरेका छन्। युक्रेनमा रुसको निरन्तरको आक्रमणपछि नेटोका देशहरूले हतियार सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन्।
युक्रेन समर्थक ५० मुलुकको ब्रसेल्सस्थित नेटोको मुख्यालयमा भएको सम्मेलनमा यस्तो प्रतिबद्धता जनाएका हुन्। किभले यो सम्मेलन र निर्णय ऐतिहासिक भन्दै स्वागत गरेको छ।
नेटोमा आवद्ध मुलुकहरू बेलायत, क्यानडा, फ्रान्स, नेदरल्याण्ड्सले युक्रेनलाई क्षेप्यास्त्र र रेडारसहितका हतियार उपलब्ध गराउने घोषणा गरेका हुन्। बेलायतले हवाई सुरक्षा क्षेप्यास्त्रसहित सयौँ एरियल ड्रोनहरू उपलब्ध गराउने जनाएको छ। त्यस्तै बेलायतले ६४ वटा हाविट्जर आर्टिलरी बन्दुकहरू पठाइसकेको छ भने थप १८ वटा पठाउने भनेको छ।
बेलायती रक्षामन्त्री बेन वालेस भन्छन्, “यी हतियारले युक्रेनको आकाशमा हुने सम्भावित आक्रमण र त्यहाँको क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली बलियो बनाउन थप सहयोग पुग्नेछ।”
फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोले हवाई सुरक्षा प्रणाली पठाउने प्रतिबद्धता गरेका छन्। त्यस्तै, नेदरल्याण्डस्ले १ करोड ४५ लाख डलर बराबरको हवाई सुरक्षा प्रणाली सहयोग गर्ने जनाएको छ। यस्तै, क्यानडाले स्याटेलाइट सञ्चार र ड्रोन क्यामरासहित ३ करोड ४० लाख डलर बराबरको सैन्य सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ।
अमेरिकाले यसअघि नै हतियार सहयोगको प्रतिबद्धता गरिसकेको छ भने जर्मनीले एउटा अत्याधुनिक हतियार प्रणाली युक्रेनमा पठाइसकेको छ।
नेटोमा आवद्ध राष्ट्रहरूको उक्त घोषणालगत्तै रुसले उत्तरी शहर म्योकोलाइभमा आक्रमण गरेको बीबीसीले उल्लेख गरेको छ। म्योकोलाइभ शहरका मेयर ओलेक्सान्डर सेन्केभिचले स्थानीय समयानुसार बिहीबार १ बजे आक्रमण गरेको बताएका छन्।
रुसी आक्रमणमा परेको पाँचतले एक आवासीय भवनका माथिल्ला दुई तला ध्वस्त भएको मेयरले बताए। रुसले गत सोमबार र मंगलबार किभलक्षित सयौँ क्षेप्यास्त्र आक्रमण गरेको थियो। रुसले युक्रेनलाई हतियार सहयोग नगर्न युक्रेन समर्थक मुलुकहरूलाई आग्रह गर्दै आएको छ।
किभलाई हतियार उपलब्ध गराउनु ती मुलुकहरू समेत युद्धमा सहभागी हुनु हो भन्दै रुसले चेतावनी दिँदै आएको छ। पछिल्लो समयको युक्रेनमा रुसको श्रृंखलाबद्ध आक्रमणपछि पश्चिमा मुलुकले मस्कोले आणविक हतियार प्रयोगका लागि बहानाबाजी गरिरहेको आरोपसमेत लगाएका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
