नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले पूर्वका उद्योगी–व्यवसायीले राखेका मागमा अर्थमन्त्री सकारात्मक रहेको बताए।
काठमाडौँ– आन्दोलनरत पूर्वका उद्योगी–व्यवसायीसँगले अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग चालु पुँजी कर्जा मार्गदर्शन र उच्च ब्याजदरको माग सम्बोधन गर्न आग्रह गरेका छन्।
अर्थमन्त्री पौडेलले मंगलबार पूर्वका उद्योगी–व्यवसायीलाई आन्दोलन छाडेर वार्तामा बोलाएपश्चात् काठमाडौँ आएका पूर्वका उद्योगी–व्यवसायीले चालु पुँजी कर्जा मार्गदर्शन र उच्च ब्याजदरको माग सम्बोधन गर्न माग गरेका हुन्।
उद्योग वाणिज्य महासंघका वस्तुगत संघले अर्थमन्त्रीसँग बैंकर र व्यवसायी तत्काल छुट्याउन माग गरेका छन्। उद्योगी–व्यवसायीले अर्थमन्त्रीलाई बैंकको सेवा–शुल्क घटाउन तथा तरलता सहज बनाउनका लागि कर्जा निक्षेप अनुपातको सट्टा पुँजी, कर्जा तथा निक्षेप अनुपात लागू गर्नुपर्ने मागसमेत राखेका छन्।
अर्थमन्त्रीसँगको छलफलपश्चात् न्युज एजेन्सी नेपालसँग कुरा गर्दै मोरङ व्यापार संघका अध्यक्ष नवीन रिजालले अहिलेको अवस्थामा पुँजी कर्जा तथा निक्षेप अनुपात लागू लगायतका व्यवसायीका मागमा अर्थमन्त्री सकारात्मक देखिएको बताए।
उनले अर्थमन्त्री पौडेलले व्यवसायीका माग सम्बोधनका लागि केही दिन धैर्य गर्न आग्रह गरेको बताए। उनले व्यवसायीको माग सम्बोधनका लागि निर्णय गर्दा व्यवसायीलाई राखेर नीति बनाउने बताएको जानकारी दिए।
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले पूर्वका उद्योगी व्यवसायीले राखेका ब्याजदर वृद्धि रोक्न, तरलता सहज बनाउन र पुनर्कर्जाको किस्ता तिर्ने समय थप लगायतका मागमा अर्थमन्त्री सकारात्मक रहेको बताए।
त्यस्तै, उद्योगी मोतीलाल दुगडले बैंकले उद्योगी व्यवसायीलाई असहयोग गरेकाले व्यापारी पीडित भएको बताए। उनले अर्थमन्त्रीले आज-भोलि नै समस्या समाधान हुन नसके पनि चाँडै समस्या समाधान गर्ने प्रतिबद्धता जनाएको बताए।
व्यवसायीले बैंकको सेवा शुल्कमा ५० प्रतिशत घटाइनु पर्ने माग राखेका छन्। व्यवसायीले अर्थमन्त्रीसमक्ष पुस मसान्तमा २० प्रतिशत पनि उद्योगीले बैंकको सावाँ ब्याज तिर्न नसक्ने जानकारी गराएका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
