गृहमन्त्री रवि लामिछानेले बुधबार त्रिपुरेश्वरस्थित राहदानी विभागमा पुगेर अवस्थाबारे निरीक्षण गरेको उनको सचिवालयले जनाएको छ।
काठमाडौँ– उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले राहदानी विभागको अनुगमन गरेका छन्। गृहमन्त्री लामिछानेले बुधबार दिउँसो त्रिपुरेश्वरस्थित राहदानी विभागमा पुगेर निरीक्षण गरेका हुन्।
मंगलबार विभागका कर्मचारीसँग समस्याबारे जानकारी लिएका गृहमन्त्री लामिछानेले बुधबार विभागमा पुगेर अवस्थाबारे निरीक्षण गरेको उनको सचिवालयले जनाएको छ।
उनी राहदानी विभाग पुग्दा सेवाग्राहीको भीड देखिन्थ्यो। सेवाग्राहीलाई राहदानी लिनका लागि बिहानैदेखि लामो लाइन बस्नुपर्ने बाध्यता रहेको छ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारको पहिलो बैठकले राहदानी, सवारी चालक अनुमतिपत्र र राष्ट्रिय परिचयपत्र लिँदा सर्वसाधारणले खेप्नु परिरहेको समस्यालाई समाधान गर्ने निर्णय गरेको थियो।
यता, बाहिरी जिल्लाबाट राहदानी बनाउन काठमाडौँसम्म आएका सेवाग्राहीहरूले बिचौलियाबाट हैरान भएको गुनासो गर्ने गरेका छन्। साथै, उनीहरूले अनलाइन फारम भर्न कोटा तोकिएका कारण दुःख पाएको बताएका छन्।
दैनिक हजारौँको संख्यामा सेवाग्राही राहदानी बनाउन त्रिपुरेश्वर पुग्ने गरेको भए तापनि १५ सयदेखि दुई हजारले मात्र फारम भर्न पाउने व्यवस्था विभागले गरेको छ।
यो पनि : राहदानीमा बिचौलियाको रजगज : विभाग गए एक महिना, बाहिर पैसा तिरे तीन दिनमै
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
