प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सिफारिसमा राष्ट्रपतिले डा. दिनमणि पोखरेलाई महान्यायाधिवक्ता पदमा नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ।
काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारीले अधिवक्ता डा. दिनमणि पोखरेललाई नेपालको महान्यायाधिवक्ता पदमा नियुक्त गरेकी छन्।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सिफारिसमा उनलाई महान्यायाधिवक्ता पदमा नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ। खम्मबहादुर खातीले राजीनामा दिएपछि रिक्त रहेको महान्यायाधिवक्तामा प्रधानमन्त्री दाहालले पोखरेललाई सिफारिस गरेका थिए।
राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा १५७ को उपधारा (२) बमोजिम पोखरेललाई महान्यायाधिवक्तामा नियुक्त गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिए।
महान्यायाधिवक्ता डा पोखरेल प्युठानको झिमरुक गाउँपालिका–४ निवासी हुन्। महान्यायाधिवक्तालाई सरकारको प्रमुख कानुनी सल्लाहकारका रूपमा लिइन्छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
