पोखरा रंगशालामा सम्पन्न खेलमा कासेरेन्योले गण्डकी ११ लाई ३-० गोलअन्तरले पराजित गरेको छ।
काठमाडौँ– नेपाल भ्रममा रहेको स्पेनिस टोली कासेरेन्यो सीपीले मैत्रीपूर्ण खेलमा गण्डकी ११ पराजित गरेको छ। बुधबार पोखरा रंगशालामा सम्पन्न खेलमा कासेरेन्योले गण्डकी ११ लाई ३-० गोलअन्तरले पराजित गरेको हो।
कासेरेन्योको जितमा कार्मेलो मोरा मिगुएर एन्जल र बेर्मुले १/१ गोल गरे। खेलको १३औँ मिनेटमै कार्मेलोले गोल गर्दै कासेरेन्योलाई अग्रता दिलाएका थिए। त्यसको ७ मिनेटपछि नै एन्जलले गोल गर्दै कासेरेन्योको अग्रता दोब्बर बनाए।
पहिलो हाफमा २-० ले पछाडि रहेको गण्डकी ११ दोस्रो हाफमा पनि खेलमा फर्किन सकेन। ९०औँ मिनेटमा बेर्मुले अर्को गोल थप्दै कासेरेन्योलाई ३-० को जित दिलाए।
‘शान्तिका लागि फुटबल’ नाराका साथ लुम्बिनी गार्डेन फाउन्डेसनले दुई मैत्रीपूर्ण फुटबल आायोजना गर्न लागेको हो। स्पेनिस टिमसँग खेलेको गण्डकी ११ को टोली राष्ट्रिय फुटबल टिमका पूर्वकप्तान अनिल गुरुङको नेतृत्वमा मैदान उत्रिएको थियो।
यसैगरी, अर्का पूर्वकप्तान विराज महर्जनले काठमाडौँ ११ को कप्तानी सम्हाल्नेछन्। खेल बिहीबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा हुनेछ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
