कांग्रेस बागमती प्रदेशसभा दलको नेतामा बहादुरसिंह लामा निर्वाचित

बहादुरसिंह लामाले बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँलाई पराजित गरेका हुन्।

काठमाडौँ– नेपाली कांग्रेस बागमती प्रदेशसभा दलको नेतामा बहादुरसिंह लामा निर्वाचित भएका छन्।

सर्वसम्मत रूपमा दलको नेता चयन हुन नसकेपछि कांग्रेस बागमतीले निर्वाचन प्रक्रियाबाट दलको नेता छानेको हो।

कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका लामाले बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँलाई पराजित गरेका हुन्।

लामाले २१ मत प्राप्त गर्दा बानियाँले १६ मत प्राप्त गरे। मतदानमा ३७ जना प्रदेशसभा सदस्यले भाग लिएका थिए। यसअघिको सरकारमा बानियाँ दलको नेता थिए।