चीनमा बढ्दो संक्रमणदर र सीमा खुलाउने चिनियाँ सरकारको निर्णयसँगै अमेरिकासहित विभिन्न मुलुकले चिनियाँ नागरिकको आगमनमा कडा प्रतिबन्ध लगाएका छन्।
अमेरिकाले नयाँ स्वास्थ्य मापदण्ड लागू गर्दै चिनियाँ नागरिकलाई मुलुक प्रवेशमा रोक लगाउने तयारी गरेको छ। जनवरी पहिलो सातादेखि सीमा खुला गर्ने बेइजिङले तयारी गरेसँगै अमेरिकाले चिनियाँ नागरिकलाई आफ्नो मुलुकमा प्रवेश गर्न रोक लगाउने पहल थालेको हो।
चीनमा संक्रमण बढ्दा पनि कोरोनाबारेका सूचना र विवरण अपारदर्शी राखेकाले यस्तो निर्णय गरिएको अमेरिकी अधिकारीहरूको भनाइ छ। "चीनमा बढ्दो संक्रमणदर, त्यहाँको अपारदर्शी तथ्यांक र भाइरल जेनोमिक सिक्वेन्स डाटाबारेमा अन्तर्राष्ट्रिय समुदायमा व्यापक चासो छ", अमेरिका अधिकारीले जारी गरेको विज्ञप्तिलाई उद्धृत गर्दै बीबीसीले लेखेको छ।
चीनमा बढ्दो संक्रमणदर र सीमा खुलाउने चिनियाँ सरकारको निर्णयसँगै अमेरिकासहित विभिन्न मुलुकले चिनियाँ नागरिकको आगमनमा कडा प्रतिबन्ध लगाएका छन्। संक्रमण भित्रिने चिन्ताका कारण जापान, मलेसिया र ताइवानले चिनियाँ यात्रुको प्रवेशमा कडाइ गरेका छन्।
भारतले पनि चिनियाँ नागरिकको प्रवेशमा यसअघि नै कडाइ गरेको थियो, त्यतिबेला चीनले सीमा खुलाउने निर्णयसमेत गरेको थिएन।
चीनले विदेश भ्रमणमा जाने चिनियाँ नागरिकको 'पासपोर्ट एप्लिकेसन' जनवरी ८ तारिखदेखि खुलाउने भनेको छ। तर, चीनमा बढ्दो कोभिड संक्रमण अन्य मुलुकमा पनि फैलिन सक्ने भन्दै विभिन्न मुलुक सशंकित बनेका छन्।
यसैबीच, चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले पश्चिमा मुलुक र सञ्चारमाध्यमले चीनको कोभिड संक्रमणलाई बढाइचढाइ गरेको र चीनको कोभिडसम्बन्धी नीतिको समायोजनलाई गलत रूपमा व्याख्या गरेको बताएका छन्।
उनले भने, “हरेक मुलुकको कोभिडबारेको प्रतिक्रिया जनता-जनताबीचको सूचनाका आधारमा नभई वैज्ञानिक र समानुपातिक आधारमा हुनुपर्छ भन्ने चीनको विश्वास छ।”
सीमा पारको भ्रमण सुरक्षित बनाउन र औद्योगिक क्षेत्रको आपूर्ति शृङ्खला र आर्थिक सुधार, विकास र प्रवर्द्धन गरी विश्वव्यापी स्थायित्व कायम गर्न संयुक्त रूपमा काम गर्नुपर्नेमा उनको जोड थियो।
चीन सरकारले आधिकारिक रूपमा दैनिक कोभिड संक्रमणदर र मृतक संख्या सार्वजनिक नगरेका कारण त्यहाँको संक्रमणको अवस्था बुझ्न कठिन भएको बताइएको छ।
गत साता बेइजिङमा दैनिक ४ हजार नयाँ संक्रमित थपिएको र केहीको मृत्यु भएको विवरण सार्वजनिक भएका थिए। तर, यस सातादेखि कुनै पनि आधिकारिक संख्या सार्वजनिक गरिएको छैन। यसले गर्दा अन्तर्राष्ट्रिय जगत्मा शंका उब्जाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
