घट्यो सुनको मूल्य

छापावाल सुन प्रतितोला एक लाख ९०० रुपैयाँमा कारोबार भइरहेको छ।

काठमाडौँ– नेपाली बजारमा बिहीबार छापावाल सुनको मूल्य प्रतितोला २०० रुपैयाँले घटेको छ।

बुधबार प्रतितोला एक लाख एक हजार १०० रुपैयाँमा कराेबार भएको सुनको मूल्य बिहीबार एक लाख ९०० तोकिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले तेजाबी सुनको मूल्य भने प्रतितोला एक लाख ४०० तोकेको छ।

बुधबार एक लाख ६०० रुपैयाँ थियो। त्यस्तै चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले घटेर एक हजार ३८०रुपैयाँ कायम भएको जनाएको छ।

महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीको मूल्य तोक्दै आएको छ।