पाँच दिनभित्र सरकारको न्यूनतम साझा कार्यक्रम ल्याउने सत्ता साझेदार दलको निर्णय

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्तारूढ दलको बैठकले सरकारको न्यूनतम साझा कार्यक्रम ल्याउने निर्णय गरेको छ।

काठमाडौँ- प्रमुख सत्ता साझेदार दलको बैठकले ५ दिनभित्र सरकारको न्यूनतम साझा कार्यक्रम तय गर्ने निर्णय गरेको छ। 

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले यस्तो निर्णय गरेको उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले जानकारी दिए।साझेदार दलबाट एक/एकजना दलका प्रतिनिधि समावेश भएर सरकारको न्यूनतम साझा कार्यक्रम ल्याउने लामिछानेले बताए। 

उनले भने, “५ दिनभित्र सरकारको न्यूनतम साझा कार्यक्रम तय गर्ने निर्णय भएको छ। त्यसका लागि हरेक राजनीतिक दलले सदस्य तोक्ने सहमति भयो।”

न्यूनतम साझा कार्यक्रम निर्धारणका लागि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई संयोजक तोकिएको छ। 

उनले सरकार केका लागि हो भन्ने कुराको तय गर्न न्यूनतम साझा कार्यक्रम ल्याउन लागिएको बताए। 

त्यस्तै, आजको बैठकमा मन्त्रिमण्डल विस्तारलाई गर्दा क्षमताका आधारमा जिम्मेवारी दिने सहमतिसमेत भएको छ।