नेपाल टी-२० लिगमा विराटनगर २ जित र २ हारसहित अंक तालिकाको तेस्रो स्थानमा छ।
काठमाडाैँ– उपकप्तान रोहितकुमार पौडेलले अर्धशतक बनाएपछि विराटनगर सुपर किंग्सले नेपाल टी-२० लिगमा पोखरा एभेन्जर्सलाई पराजित गरेको छ।
बिहीबारको पहिलो खेलमा विराटनगरले पोखरालाई आठ विकेटले पराजित गरेको हो। पोखराले दिएको १३६ रनको लक्ष्य पछ्याएको विराटनगरले ८ बल बाँकी छँदै २ विकेट गुमाएर १३८ रन बनायो। विराटनगरका लागि रोहितले अविजित रहँदै सर्वाधिक ७१ रन बनाए।
उनले ५७ बलमा ६ चौका र ३ छक्का प्रहार गरे। ओपनर गौरन्शु शर्मा ३२ बलमा २ चौका र १ छक्का प्रहार गर्दै ३३ रनमा जाहिर खानको बलमा बोल्ड भए। हुसेन टलट २३ बलमा ३ चौका प्रहार गर्दै २८ रनमा अविजित रहे। पोखराका अमिर हाम्जा र जाहिर खानले १/१ विकेट लिए।
त्यसअघि पहिला ब्याटिङ थालेको पोखराले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १३५ रन बनायो। पोखराका लागि मध्यक्रमका ब्याटर अमिर हाम्जाले सर्वाधिक ३७ रनको योगदान दिए। उनले २५ बलमा १ चौका र ३ छक्का प्रहार गरे।
ओपनर सुमित महर्जनले २५ बलमा २ चौका र १ छक्का प्रहार गरे। तेस्रो स्थानमा मैदान उत्रिएका कप्तान उपुल थरंगाले २४ बल खेल्दै २ चौका र १ छक्कासहित २५ रन बनाए। ओपनर आशिफ शेख ११ रनमा आउट हुँदा प्रतीश जोशी १३ रनमा अविजित रहे। विराटनगरका कप्तान आन्द्रे म्याकर्थीले सर्वाधिक ३ विकेट लिए। ४ ओभर बलिङ गरेका उनले २२ रन खर्चिए।
नन्दन यादव राज नमन र शहब आलमको नाममा १र१ विकेट रह्यो। जितसँगै विराटनगरले ४ खेलमा २ जित र २ हारसहित ४ अंक जोडेको छ।विराटनगर अंक तालिकाको तेस्रो स्थानमा छ। पोखरा भने जितविहीन छ। पोखराले ५ खेल खेलिसक्दा पनि अंक जोड्न सकेको छैन।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
