मेलम्चीको पानी वितरण गर्न एक हजार १० किमी वितरण सञ्जाल बनाइएको छ।
काठमाडौँ– काठमाडौँ उपत्यका खानेपानी आयोजना कार्यान्वयन निर्देशनालयले ५३२ किमी वितरण सञ्जालमा मेलम्चीको पानी सफल परीक्षण गरेको छ।
मेलम्चीको पानी वितरण गर्न एक हजार १० किमी वितरण सञ्जाल बनाइएको छ। बाँकी क्षेत्रमा पानी परीक्षणको तयारी भइरहेको निर्देशनालयका प्रवक्ता चन्द्रकुमार पाँ श्रेष्ठले जानकारी दिए। तेस्रो पटक मेलम्चीको पानी काठमाडौँ आउनुअघि दैनिक २० देखि २५ किमी क्षेत्रमा पानी परीक्षण गरिन्थ्यो।
त्याेबेला लिमिटेडको पुरानो स्रोतकाे पानी वितरण हुन्थ्यो। मेलम्चीको पानी आउन थालेपछि (मंसिर तेस्रो साता) भने दैनिक ६० देखि १०० किमीमा परीक्षण भइरहेको छ।
परीक्षणका क्रममा नयाँबजार, बानेश्वर, लैनचौरलगायत क्षेत्रमा नेपाल विद्युत् प्राधिकरण र काठमाडौँ महानगरले विद्युत्का तार भूमिगत, ढल व्यवस्थापनलगायत प्रयोजनका लागि खनेपछि पाइप पनि काटिएको थियो।
मेलम्चीको पानी आउन थालेपछि नयाँ वितरण सञ्जाल परीक्षणका लागि पानी पठाउँदा पाइप काटिएको थाहा भएको निर्देशनालयले जनाएको छ। काटिएको पाइप मर्मत गरेर पानी वितरण गर्ने व्यवस्था मिलाएको श्रेष्ठले बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
