भ्रष्टाचार,गोप्य सूचना चुहावट र देशद्रोहको आरोपमा सेनाले सुचीविरुद्ध दर्जनौँ मुद्दा चलाइरहेको छ। सेनाले नियन्त्रणमा लिएदेखि सुचीलाई सार्वजनिक रुपमा देखिएको छैन।
म्यानमारको सैन्य अदालतले प्रजातन्त्रवादी नेतृ आङ सान सुचीलाई आज थप तीन वर्षको जेल सजाय सुनाएको छ। थप दुई वटा भ्रष्टाचारको मुद्दामाथि फैसला गर्दै अदालतले यस्तो आदेश सुनाएको हो।
सरकारी गोप्य सूचना चुहाएको, भ्रष्टाचार र देशद्रोहको आरोपमा म्यानमार सेनाले सुचीविरुद्ध दर्जनौँ मुद्दा चलाइरहेको छ। सुचीले भने आफूमाथिका आरोपको खण्डन गरेको उनका वकिलकाे भनाइ छ।
अदालतको पछिल्लो फैसला र यसअघिका सजाय गरि सुची अब कुल २६ वर्ष जेल बस्नुपर्नेछ। म्यानमारकी प्रजातन्त्रवादी नेृत ७७ वर्षीय सूचीलाई सेनाले सन् २०२१ को फेब्रुअरी १ मा नियन्त्रणमा लिएको थियो। सुचीसहित दर्जनौँ जननिर्वाचित प्रतिनिधिलाई नियन्त्रणमा लिएर ‘कू’ गर्दै सत्ता हालमा लिएको थियो।
सुचीको पार्टी नेशनल लिग फर डेमोक्रेसीले धाँधली गरि निर्वाचन जितेको आरोप लगाएको सेनाले सुचिलाई पक्राउ गरि विभिन्न आरोपमा मुद्दा चलाइरहेको छ। सुची आफ्नै घरमा नजरबन्दमा रहेको बताउने सेनाले उनलाई सार्वजनिक गरेको छैन। सेनाले पक्राउ गरेयता उनकोे अवस्था अज्ञात छ। सुचीविरुद्धका मुद्दामा भने निरन्तर सुनुवाइ भइरहेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
