नवनियुक्त महान्यायाधिवक्ता डा. दिनमणि पोखरेलले पदबहाली गर्दै सरकारी वकिलका सेवा–सर्तसम्बन्धी छुट्टै ऐन बनाउन पहल गर्ने प्रतिबद्धता जनाएका छन्।
काठमाडौँ– महान्यायाधिवक्ता डा. दिनमणि पोखरेलले २९औँ महान्यायाधिवक्ताका रूपमा पदबहाली गरेका छन्।
महान्यायाधिवक्ता पोखरेलले बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री पुष्पकमल दाहालको उपस्थितिमा कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले पद तथा गोपनीयताको शपथ खुवाए लगत्तै महान्यायाधिवक्ताको कार्यालयमा पुगेर पदबहाली गरेका हुन्।
पदबहाली गर्ने क्रममा कार्यालयका कर्मचारीले महान्यायाधिवक्ता पोखरेलको स्वागत गरेका थिए। प्रधानमन्त्री दाहालको सिफारिसमा राष्ट्रपति भण्डारीले पोखरेललाई बुधबार महान्यायाधिवक्तामा नियुक्त गरेकी हुन्।
पदबहालीपछि बोल्दै उनले न्याय क्षेत्रलाई शिर ठाडो बनाएर हिँड्न सक्ने वातावरण बनाएर अघि बढ्न आवश्यक रहेको बताए। उनले लिडर नभई लिडरसिपलाई अघि सारेर अघि बढ्नुपर्ने भनाइ राखे। उनले न्याय क्षेत्रमा भएका समस्याको समाधान खोजेर अघि बढ्नुपर्ने बताए।
उनले सरकारी वकिलको सेवा–सर्तसम्बन्धी छुट्टै ऐन ल्याउनका लागि आफ्नो तर्फबाट गर्न सक्ने प्रयत्न गर्ने प्रतिबद्धता जनाए। उनले बनेका नीति कार्यान्वयन हुन नसक्दा धेरै समस्या आउने गरेको औँल्याए। महान्यायाधिवक्ता पोखरेलले यसअघिका महान्यायाधिवक्ताले गरेका राम्रा कामलाई अघि बढाएर थप नयाँ काम गर्ने प्रतिबद्धता जनाए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
