गृह मन्त्रालयका प्रवक्ता सहसचिव फणीन्द्रमणि पोखरेलले सुरक्षाकर्मी पदाधिकारीले भेटघाट गर्नुपर्ने भएमा स्पष्ट प्रयोजन खुलाइ विभागीय स्वीकृति लिनुपर्ने जानकारी गराएका छन्।
काठमाडौँ– गृह मन्त्रालयले सुरक्षा निकायका पदाधिकारीलाई आफूखुसी कूटनीतिक नियोग वा राजनीतिक दलका नेतृत्वसँग भेटघाट नगर्न सचेत गराएको छ। मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गर्दै भेटघाट गर्नुपर्ने भएमा स्पष्ट प्रयोजनका साथ विभागीय स्वीकृति लिन सुरक्षा निकायका पदाधिकारीलाई भनेको हो।
मन्त्रालयका प्रवक्ता सहसचिव फणीन्द्रमणि पोखरेलले भेटघाट गर्नुपर्ने भएमा स्पष्ट प्रयोजन खुलाइ विभागीय स्वीकृति लिनुपर्ने जानकारी गराएका हुन्। मन्त्रालयले यसको प्रभावकारी कार्यान्वयन तथा अनुगमन गर्न सम्बन्धित संगठन प्रमुखलाई निर्देशन दिएको छ।
कर्तव्य पालनाको सिलसिलामा बाहेक पनि कतिपय सुरक्षा निकायका पदाधिकारीले स्वीकृतविना कूटनीतिक नियोग तथा राजनीतिक दलका नेताहरूसँग भेटघाट गर्ने गरेको सूचना आएको भन्दै गृहले त्यसमा कडाइ गरेको हो। गृहले निर्देशन विपरीत कार्य गरे/गराएको पाइएमा प्रचलित कानून बमोजिम अनुशासनसम्बन्धी कारबाही हुने चेतावनीसमेत दिएको छ।
यसअघि गृह मन्त्रालयले पुस १२ गते बहालवाला तथा पूर्वकर्मचारी र सुरक्षाकर्मीलाई नियम विपरीत राखिएका व्यक्तिगत सुरक्षाकर्मी र सहयोगी फिर्ता गर्न निर्देशन दिएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
