काठमाडौँ महानगरपालिकाले सुकुमबासी बस्ती खाली गराउन गृह मन्त्रालयसँग सहयोग मागेको छ। महानगरले बस्ती हटाएर उक्त ठाउँको सौन्दर्यीकरण गर्ने बताएको छ।
काठमाडौँ- काठमाडौँ महानगरपालिकाले थापाथलीस्थित बागमती किनारमा रहेको सुकुमबासी बस्ती हटाउन गृह मन्त्रालयसँग सहयोग मागेको छ।
महानगरले गृह मन्त्रालयलाई पत्र लेख्दै थापाथलीको अनधिकृत सकुमबासी बस्ती हटाउनका लागि सहयोग तथा समन्वय गरिदिन आग्रह गरेको हो।
प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले बुधबार मन्त्रालयलाई पत्र पठाउँदै सो बस्ती हटाएर तत्काल सौन्दर्यीकरण गर्नुपर्ने भएकाले संरचना हटाउन आवश्यक सहयोग एवं समन्वयका लागि अनुरोध गरेका हुन्।
पत्रमा भनिएको छ, “अतिक्रमण गरी निर्माण भएका अनधिकृत संरचनाहरू हटाउने कार्य अभियानकै रूपमा अगाडि बढाउनु पर्ने देखिन्छ। जसको लागि तहाँमार्फत् सम्बन्धित जिल्ला प्रशासन तथा सुरक्षा निकायलाई आवश्यक निर्देशन एवं समन्वय हुन अनुरोध गरिन्छ।”
यसअघि महानगरले बागमती सभ्यता एकीकृत विकास परियोजनाको अनुरोधमा सुकुमबासी बस्ती हटाउन प्रयास गरेको थियो। तर, त्यहाँ बस्ने सुकुमबासीहरूले प्रतिकार गरेपछि महानगरले बस्ती खाली गराउने अभियान रोकेको थियो।

Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
