बागमती मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख शर्माले प्रदेशसभाको अधिवेशन बैठक पुस १८ गते दिउँसो १ बजे बस्ने गरी आह्वान गरेका छन्।
मकवानपुर– बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले बागमती प्रदेशसभाको अधिवेशन पुस १८ गतेका लागि आह्वान गरेका छन्।
बागमती मन्त्रिपरिषद् कार्यालयको सिफारिसमा प्रदेश प्रमुख शर्माले प्रदेशसभाको अधिवेशन बैठक पुस १८ गते दिउँसो १ बजे बस्ने गरी आह्वान गरेका हुन्।
बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले बिहीबार मन्त्रिपरिषद्को परामर्शमा प्रदेशसभाको बैठक आह्वान गर्न सिफारिस गरेका थिए।
प्रदेशसभा सदस्यले लिए शपथ
बागमती प्रदेशसभाका ज्येष्ठ सदस्य रामप्रसाद ढुंगानाले प्रदेशसभाका नवनिर्वाचित सदस्यलाई पद तथा गोपनीयताको शपथ गराएका छन्।
प्रदेशसभाका ज्येष्ठ सदस्य ढुंगानाले बागमती प्रदेश प्रमुख यादचन्द्र शर्मासमक्ष बुधबार शपथ लिएपछि बिहीबार १०९ सदस्यलाई शपथ गराएका हुन्।
हेटौँडास्थित बागमती प्रदेशसभामा १२ जना सदस्यले नेवारी र तीन जना सदस्यले तामाङ भाषामा शपथ लिएका छन्। बागमती प्रदेशसभामा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राप्रपा, नेकपा एकीकृत समाजवादी, नेमकिपा र हाम्रो नेपाली पार्टीका गरी ११० जना सदस्य छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
